close

छोराछोरीलाई अनलाइन कक्षा पढाउन बाबुले बेचे गाई !

टेकपाना टेकपाना

साउन ९, २०७७ १४:१०

छोराछोरीलाई अनलाइन कक्षा पढाउन बाबुले बेचे गाई !

एजेन्सी । कोराना माहामारी कारण विगत लामो समयदेखि शिक्षा क्षेत्रका लागि अनलाइन कक्षा वैकल्पीक माध्यम बनेको छ । अनलाइनमार्फत विद्यालयहरुले आफ्ना विद्यार्थीलाई अध्ययन अध्यापन गराउने काम गरिरहेका छन् ।

यसरी अनलाइन कक्षाको सुरुवातले विद्यार्थीको पढाइलाई निरन्तरता दिन ठूलो मद्दत पुगेको छ । तर, अर्को तर्फ यसले प्रविधिमा रहेको ‘ग्याप’लाई उजागर गरिरहेको छ ।

भारतमा यसअघि स्मार्टफोन नहुँदा अनलाइन कक्षामा सहभागी हुन नपाएपछि विद्यार्थीले आत्महत्या गरेको घटना समेत सार्वजनिक भएको थियो । त्यस्तै अनलाइन कक्षामा सहभागी हुन इन्टरनेट नहुँदा घरको धुरीमा चढेर कक्षामा सहभागी भएको फोटो समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

अहिले त्यस्तै अर्को घटना सार्वजनिक भएको छ । भारतमा एक जना बाबुले आफ्ना छोराछोरीलाई अनलाइन कक्षामा सहभागी गराउन गाई बेच्नु परेको छ । भारतको गुमेर गाउँ, ज्वालामुखीका कुलदीप कुमार गरिब परिवारका हुन् । उनले आफ्नो एउटा आम्दानीको स्रोतको रुपमा रहेको गाई ६ हजारमा बेचेर छोराछोरी अनू र दीपुका लागि मोबाइल किनेका हुन् ।

अनू र दीपु क्रमशः कक्षा चार र दुईमा पढ्छन् । अनलाइन कक्षा सुरु भएसँगै कुलदीपकुमारलाई विद्यालयले आफ्ना छोराछोरीको लागि मोबाइल किन्न दबाव दिँदै आएको थियो । उनी छ हजार ऋण लिनका लागि बैंकमा पुगे ।

तर, उनलाई बैंकले पत्याएन । विद्यालयबाट निरन्तर दबाव आइरहेको अवस्थामा उनले आफूसँग भएको गाई बेचेर मोबाइल फोन किनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०