close

अनलाइनबाट नविल बैंकमा खाता खोल्दा २ जीबी डेटा निःशूल्क

टेकपाना टेकपाना

साउन ९, २०७७ १३:४३

काठमाडौं । नविल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने गरी ‘नविल जेन–एन (जेनेरेशन एन) अकाउन्ट’ सुरु गरेको छ । कारोना महामारीको कारण कायम गर्नुपर्ने सामाजिक दूरीलाई मध्यनजर गर्दै बैंकले यस्तो सेवा सुरु गरेकाे हाे ।

युवा पुस्तालाई लक्षित गर्दै सुरु गरिएको यो खाता अनलाइनबाटै खोल्न सकिन्छ । जसमा मोबाइल बैंकिङ सेवा, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट तथा क्रेडिट कार्ड निःशूल्क छ । साथै टेलिकम र एनसेलमा दुई जीबी डेटा प्याकेज समेत निःशूल्क प्रदान गरिने बैंकले जनाएको छ ।

यहाँ क्लिक गरी आवश्यक विवरण भरेर तपाईं पनि सहजै नविल बै‌ंकको नविल जेनेरेसन अकाउन्ट खोल्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ २:४६