close

ट्वीटर ह्याकिङको घटनामा डोर्सीले मागे माफी

टेकपाना टेकपाना

साउन १०, २०७७ १२:३९

ट्वीटर ह्याकिङको घटनामा डोर्सीले मागे माफी

एजेन्सी । क्रिप्टोकरेन्सी (बिटक्वाइन) प्रवर्द्धन गर्ने ह्याकरले दुई हप्ता अघिमात्रै विश्वका चर्चित व्यक्ति तथा कम्पनीको ट्वीटर ह्याण्डल ह्याक गरेको थियो । उक्त घटनालाई लिएर ट्वीटरका मालिक ज्याक डोर्सीले माफी मागेका छन् ।

घटनामा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्‍यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतका ट्वीटर ह्याण्डल ह्याक भएका थियो । त्यमसध्ये ३६ वटा ट्वीटर ह्यान्डलको डीएममा ह्याकरले पहुँच बनाएको बताइएको थियो ।

यसै विषयलाई लिएर डोर्सीले ट्वीटर ह्याकबाट प्रवुद्ध व्यक्तिहरुमा पर्न गएको असरप्रति क्षमा याचना गरेका हुन् । उनले आगामी दिनमा यस्ता घटाना दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


यो घटनाको असर कम्पनीको शेयर बजारमा पनि परेको उल्लेख गरिएको छ । पछिल्लो अवस्था अनुसार कम्पनीको शेयर अघिल्लो वर्षको तुलनमा १९ प्रतिशतले घट्ने उल्लेखगरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०