close

मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रिय स्तरको वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन १०, २०७७ १०:५६

मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रिय स्तरको वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । आउँदो बिहिबारबाट नेपालमा मसिन लर्निङ र डेटा साइन्स सम्बन्धी राष्ट्रिय स्तरको वर्कशप आयोजना हुने भएको छ । तेस्रो संस्कराणको रुपमा आयोजना हुन लागेको यो कार्यक्रम भर्चुअल रुपमा हुने भएको हो ।

मसिन लर्निङ एण्ड डेटा साइन्सको क्षेत्रमा काम गरिरहेका र अध्ययन अनुसन्धानमा लागेका विज्ञ सहितको सहभागीतामा उक्त कार्यक्रम हुने बताइएको छ । कार्यक्रम मेसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क (एमएलडीएसएन) नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा हुन लागेको हो ।

तेस्रो राष्ट्रिय मसिन लर्निङ एण्ड डेटा साइन्स वर्कशप २०२० को रुपमा आयोजना हुने उक्त कार्यक्रम १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार कार्यक्रममा विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै मसिन लर्निङ र डेटा साइन्स सम्बन्धी तालिम र प्रोजेक्ट सेसन समेत सञ्चालन हुने उल्लेख छ । कार्यक्रममा डेटा साइन्स र मेसिन लर्निङका वैज्ञानिक तथा विज्ञहरुको समेत सहभागीता रहनेछ ।

जसमा नेपालको उद्योग र शिक्षा क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति समेत हुनेछ । छलफल नेपालमा मेसिन लर्निङ तथा डेटा साइन्सको अवसर र प्रयोगको विषयमा केन्द्रीत रहने आयोजकले जनाएको छ ।

साथै सहभागीले यस सम्बन्धी तालिम समेत प्राप्त गर्नसक्नेछन् । कार्यक्रममा सहभागी हुन निश्चित शूल्क बुझाउनुपर्नेछ । जसमा कार्यक्रम सुन्नका लागि सय रुपैयाँ, प्रस्तुतकर्ता र सहभागीताका लागि समान पाँच सय रुपैयाँ लाग्नेछ । यदि तपाईं पनि यो कार्यक्रमका लागि इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरी आवश्यक विवरण भरेर सहभागीता जनाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०