close

अब फेसबुक म्यासेञ्जर फेसबाटै खोल्न सकिने

टेकपाना टेकपाना

साउन ११, २०७७ १७:१

अब फेसबुक म्यासेञ्जर फेसबाटै खोल्न सकिने

एजेन्सी । फेसबुकले म्यासेञ्जरमा नयाँ सुरक्षा प्रणालीको विकास गरेको छ । यससँगै प्रयोगकर्ताले फेसआईडीमार्फत म्यासेञ्जरलाई लक गर्न सक्ने भएका छन् ।

म्यासेञ्जर एप बन्द भएको निश्चित समय पश्चात एपमा लक लाग्नेछ । उक्त लक खोल्नका लागि फेस आईडी आवश्यक पर्ने उल्लेख गरिएको छ ।

यसअघि म्यासेञ्जरमा फिङ्गरप्रिन्ट र प्याटर्न लकको सुविधा उपलब्ध रहेको थियो । अब भने फेसबुकले त्यसैमा फेस अनलकको सुविधा पनि थप गरेको हो । यो सुविधा हाललाई आईफोन र आईप्याडमा मात्रै उपलब्ध रहेको बताइएको छ ।

एण्ड्रोइड डिभाइसका लागि यो फिचर आउन भने केही समय कुर्नुपर्नेछ । फेस अनलकका साथै फेसबुकले कोटेसनका आधारमा म्यासेज अनलक र लक गर्न सकिने सुविधा पनि थप गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०