close

भारतमा थप ४७ चिनियाँ एपमाथि बन्देज, पब्जी लगायत २७५ एपमाथि समेत प्रतिबन्धको तयारी

टेकपाना टेकपाना

साउन १२, २०७७ १५:४०

भारतमा थप ४७ चिनियाँ एपमाथि बन्देज, पब्जी लगायत २७५ एपमाथि समेत प्रतिबन्धको तयारी

काठमाडौं । ५९ वटा चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको भारतले थप ४७ एपमाथि समेत रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लोपटक प्रतिबन्ध थप गरिएका एपहरुमा यस अघि बन्द गरिएका एपहरुकै क्लोन तथा लाइट भर्सन रहेको बताइएको छ । 

तर पछिल्लोपटक प्रतिबन्ध थप भएका एपहरुको नाम भने खुलाइएको छैन । यद्यपी प्रतिबन्धमा परेका केही एपहरुको नाम भने बाहिर आएको छ । जसमा टिकटक लाइट, हेलो लाइट, शेयरईट लाइट, बिगो लाइभ र भीएफवाई लाइट रहेका छन् । 

यससँगै भारतमा प्रतिबन्धमा पर्ने चिनियाँ एपहरुको संख्या १०६ पुगेको छ । सँगसँगै यो अन्य २७५ चिनियाँ एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको विषय समेत बाहिर आएको छ ।

जसमा पब्जी र जिली जस्ता एपहरु समेत रहेका छन् । साथै क्यापकट, फेसयू, मीआईटीयू, एलबीआई टेक, पर्फेक्ट क्रप, नेटिज गेम्स, अलि एक्सप्रेस, रेसो र यूलाइक जस्ता एप समेत रहेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार त्यहाँको सरकारले यी मोबाइल एपहरुले प्रयोगकर्ताको गोपनीयता हनन् गरे नगरेको छानविन गरिरहेको छ । साथ साथै चिनियाँ इन्टरनेट सेवाप्रदायक कम्पनीहरुमाथि समेत भारत सरकारले प्रतिबन्ध लगाउने संकेत गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०