close

एक वर्षमा भित्रियो ४४ लाख मोबाइल सेट, तर बजारमा अभाव

टेकपाना टेकपाना

साउन १२, २०७७ १७:२८

एक वर्षमा भित्रियो ४४ लाख मोबाइल सेट, तर बजारमा अभाव

अभाव हुँदा मूल्य पनि बढ्यो

काठमाडौं । गत वर्ष झन्डै ४४ लाख मोबाइल सेट भित्रिएको सरकारी तथ्याङ्कले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा मात्रै ४३ लाख ६५ हजार ९ सय ६९ ओटा मोबाइल सेट आयात भएको छ ।

कूल १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी चीनबाट करिब ३४ लाख ७० हजारको मोबाइल भित्रिएको तथ्याङ्कले देखाएको छ । भारतबाट मात्रै ६ लाख ३८ हजारभन्दा बढी मूल्यको मोबाइल भित्रिएको देखिन्छ ।

लाखौं मोबाइल भित्रिएको भए पनि बजारमा भने मोबाइल अभाव हुन थालेको छ । विषेशगरी मध्यम मूल्यका स्मार्टफोनको अभाव सिर्जना भएको ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्षा जगत साउद बताउँछन् ।

साउदका अनुसार लकडाउनपछि सुरु भएको बजारमा अभाव सिर्जना भएको हो । बजारमा एकै पटक ठुलो परिमाणमा मोबाइलको माग बढ्दा मध्यम मूल्यका स्मार्टफोन अभाव भएको हो ।

‘मिड रेन्जमा सामसङ, शाओमी, ह्वावे, ओप्पो, भिभो, रियलमी जस्ता ब्रान्डका फोन खासै उपलब्ध छैन’, साउद भन्छन, ‘कतिपय ब्राण्डको नयाँ मोडलको स्टक नै सकिएको छ भने केही ब्राण्डका सीमित मोडल मात्रै बाँकी छन् ।’

अहिले ग्राहक मोबबाइल फोन नपाएर त्यसै फर्किने गरेको साउद सुनाउँछन । भन्छन, ‘अहिले दशैको जस्तो व्यापार चलिरहेको छ । तर, मोबाइल फोन उपलब्ध नहुँदा बिक्री गर्न पाएका छैनौं ।’

नियमित हवाई उडान नहुँदा मोबाइल आयात हुन नसकेको उनी बताउँछन् । ‘नियमित हवाई उडान नुहँदा मोबाइल पर्याप्त आयात हुने सकेको छैन’, मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्रा भन्छन, ‘कहिलेकाही चार्टर्ड उडानबाट आयात भइरहेको छ ।’

त्यसरी भित्रिने मोबाइल थोरै हुने भएकाले बजारलाई पुर्‍याउन नसकिएको हो । जसका कारण नेपालमा मोबाइलको मूल्य समेत बढेको उनले बताए ।

‘मोबाइलमा पाँचदेखि दश प्रतिशतसम्म मूल्य बढेको छ,’ उनी भन्छन, ‘प्लेन चार्टर गर्नुपर्ने भएकाले आयात गर्दाको लागत बढेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०