close

बगले गर्दा इन्स्टाग्रामको क्यामेरा हाइज्याक भएको आशंका

टेकपाना टेकपाना

साउन १३, २०७७ १२:३

बगले गर्दा इन्स्टाग्रामको क्यामेरा हाइज्याक भएको आशंका

काठमाडौं । आईओएस १४ को बेटा मोडमा इन्स्टाग्राम एपमा अस्वभाविक गतिविधि देखिएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । फोटो तथा भिडियो नलिइ फीड मात्र स्क्रोल गरिरहँदा समेत इन्स्टाग्राममा क्यामेरा अनको हरियो इन्डिकेटर देखिने गरेको  गुनासो आउन थालेका हुन् । 

इन्स्टाग्रामका प्रवक्ताले त्यस किसिमको अवस्था बगका कारण उत्पन्न भएको र कम्पनीले त्यसलाई फिक्स गरिसकेको बताएको छन् । इन्स्टाग्रामको क्रियट मोड फिचरबाट क्यामेरामा एक्सेस पाउन सकिन्छ । यसरी एक्सेस पाउँदा क्यामेरा इन्डिकेटर अन हुन्छ । यही कारण समस्या उत्पन्न भएको हुनसक्ने बताइएको छ ।

फीडबाट स्वाइप गरेर एपको क्यामेरा चलाउने हुँदा पनि यस्तो त्रूटि हुन सक्ने देखिएको छ । ‘हामी तपाईंको क्यामेरामा तब मात्र एक्सेस पाउँछौं, जब तपाईंले अनुमति दिनुहुन्छ । उदाहरणका लागि जब तपाईंले फीडबाट क्यामेरामा स्वाइप गर्नुहुन्छ, तब हामीले एक्सेस पाउँछौं ।

आईओएस १४ बेटामा भएको त्यो बगका कारण प्रयोगकर्ताले प्रयोग नगरेपनि आफ्नो क्यामेरा हाइज्याक भएको डर थियो । हामीले त्यसलाई अहिले मर्मत गरिसकेका छौं,’ उनले अगाडि भने, ‘हामीले तपाईंको क्यामेरा प्रयोग गरेका छैनौं र कुनै सामग्रीहरु रेकर्ड गर्दैनौं ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०