close

टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका, मोबाइलबाटै यसरी गर्नुहोस् सबै सेवाको रिचार्ज

टेकपाना टेकपाना

साउन १३, २०७७ १८:७

टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका, मोबाइलबाटै यसरी गर्नुहोस् सबै सेवाको रिचार्ज

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विभिन्न सेवाहरुको टप अप तथा रिचार्ज गर्नका लागि विशेष सर्टकोड अर्थात यूएसएसडी कोड प्रयोगमा ल्याएको छ । कम्पनीले प्रयोगकर्ताको सहजतका लागि यस किसिमको नयाँ व्यवस्था गरेको हो ।

यससँगै अब टेलिकमका प्रयोगकर्ताले यूएसएसडी कोड *412# प्रयोग गरी टेलिकमका विभिन्न सेवाको रिचार्ज गर्न सक्नेछन् । अब कम्पनीका जीएसएम मोबाइल प्रयोगकर्ताले *412# डायल गरी रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देख्न सक्नेछन् ।

त्यसमा उल्लिखित सेवाहरु छनौट गरी कम्पनीले उपलब्ध गराउँदै आएका सेवाहरुको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्डमार्फत रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै यसमार्फत कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्याण्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डेटा सेवा, एडीएसएल सेवा, वाईम्याक्स सेवा र शीप लगायतका कम्पनीका सबै सेवाको रिर्चार्ज गर्न सकिन्छ ।

नयाँ सिम एक्टिभेसन गर्न हाल १४१५ मा कल गर्नुपर्ने अवस्था रहेकोमा अब भने *412# मै डायल गरेर उक्त सेवा लिन सकिनेछ ।

यस अघि नेपाल टेलिकमको एप र कम्पनीको वेबसाइट मार्फत टपअप तथा रिचार्ज गर्न सकिने व्यवस्था रहेकोमा अब भने यूएसएसडी सेवाबाटै रिचार्ज गर्न सकिने भएको हो । यसबाट प्रयोगकर्तालाई थप सहजता हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०