close

अब सानिमा बैंकको डिजिटल काउण्टरबाट चेक बिनै भुक्तानी

टेकपाना टेकपाना

साउन १३, २०७७ १९:३

अब सानिमा बैंकको डिजिटल काउण्टरबाट चेक बिनै भुक्तानी

काठमाडौं । सानिमा बैंकले मंगलबारबाट डिजिटल काउन्टर सुरु गरेको छ । सूचना प्रविधिको अधिकतम उपयोग गरि ग्राहकलाई सहज र सरल बैंकिङ सेवा उपलब्ध गराउने योजनाका साथ बैंकले डिजिटल काउन्टर सुरु गरेको जनाएको छ ।

उक्त डिजिटल काउन्टरबाट सानिमा बैंकका ग्राहकले चेक बिना नै भुक्तानी पाउने छन् । यो सेवा प्रयोग गर्नकालागि मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई बैंकिङ’ हुनुपर्ने उल्लेख गरिएको छ ।

उक्त एपमार्फत नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा क्युआर कोड स्क्यान गरी भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०