close

अब एउटै नम्बरको ह्वाट्सएप ४ वटा मोबाइलमा

टेकपाना टेकपाना

साउन १४, २०७७ ११:२३

अब एउटै नम्बरको ह्वाट्सएप ४ वटा मोबाइलमा

काठमाडौं । अब एउटै नम्बरको ह्वाट्सएप अकाउण्ट तपाईंले धेरैवटा मोबाइलमा प्रयोग गर्न सक्नु हुनेछ । ह्वाट्सएपको यो बहुप्रतिक्षित फिचर अब चाँडै सार्वजनिक हुने कम्पनीले बताएको हो । 

डब्लूएबेटाइन्फोमा प्रकाशित एउटा पोस्टको अनुसार ह्वाट्सएपले सो फिचर आफ्नो एन्ड्रोइड बेटा भर्सनमा सार्वजनिक गरिसकेको छ । यससँगै अब प्रयोगकर्ताले चाँडै एउटै नम्बरको ह्वाट्सएप अकाउण्ट चारवटा फोनमा प्रयोग गर्नसक्ने छन् ।

रिपोर्ट अनुसार ह्वाट्सएपमा एउटा लिंक डिभाइस भनिने मेनु हुनेछ, जसले तपाईंको ह्वाट्सएपमा दर्ता भएको नम्बरमा डिभाइसलाई जोड्न तथा व्यवस्थापन गर्न सहयोग गर्नेछ । 

हाल विकासकै चरणमा रहेको यो फिचर कहिलेदेखि प्रयोगकर्ताले पाउँछन् भन्ने विषय भने हालसम्म स्पष्ट भइसकेको छैन ।  

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०