close

वर्ल्डलिंकको नेट टीभी प्राइममा ९९ रुपैयाँमै फिल्म र सिरिज

टेकपाना टेकपाना

साउन १४, २०७७ १९:२३

वर्ल्डलिंकको नेट टीभी प्राइममा ९९ रुपैयाँमै फिल्म र सिरिज

काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले ओटीटी सेवाको रुपमा ‘नेट टीभी प्राइम’ सुरु गरेको छ । ग्राहकलाई नयाँ नेपाली तथा विदेशी फिल्म, सिरिज लगायतका कन्टेन्ट उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यसको सुरुवात गरेको हो ।

कम्पनीले नेट टीभी स्ट्यान्डर्ड र नेट टीभी प्राइम गरी दुई फरक प्याकेजको रुपमा सेवाको सुरुवात गरेको जनाएको छ । जसमध्ये नेट टीभी स्ट्यान्डर्ड अन्तर्गतका प्रयोगकर्ताले मोबाइलमा समेत निःशूल्क रुपमा २५० वटा च्यानल हेर्न पाउने छन् ।

कम्पनीका अनुसार नेट टीभी प्राइम अन्तर्गत भने २५० च्यानलका साथै विभिन्न सिरिज, नयाँ नेपाली फिल्म, हंगामा प्ले र स्पोर्ट्स च्यानल समेत प्राप्त गर्नेछन् । यसका लागि प्रयोगकर्ताले थप ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

आगामी दिनमा विदेशका विभिन्न कन्टेन्ट प्रोभाइडरहरुसँग सहकार्य गर्दै प्राइमको क्षेत्रलाई विस्तार गर्ने योजना पनि कम्पनीले बनाएको नेट टीभीका सीईओ निरन राजभण्डारीले जानकारी दिए । कम्पनीका अनुसार यो सेवा पुराना तथा नयाँ सबै ग्राहकलाई उपलब्ध हुनेछ ।

तर, नेट टीभी प्राइम सेवाका लागि अनिवार्य रुपमा नेट टीभीको सेट टप बक्स भने जडान गरिएको हुनेपर्नेछ । नेट टीभी वर्ल्डलिंककै आईपी टीभी सर्भिस हो । जुन मोबाइल एपमा समेत उपलब्ध छ ।

त्यसो त कम्पनीको नेटटीभी मोबाइल एपमा हाल निःशूल्क रुपमा विभिन्न टेलिभिजन च्यानलको लाइभ हेर्न सकिने सुविधा उपलब्ध छ । अब केही सातामै कम्पनीले सब्स्क्रिप्सन मोडलमा जाने एपको तयारी छ ।

जसबाट घरमा वर्ल्डडिङको इन्टरनेट तथा आईपीटीभी सेवा नलिएका ग्राहकले समेत नेटटीभी एपमा सःशूल्क रुपमा प्राइम सुविधा प्रयोग गर्न पाउनेछन् । हाल कम्पनीले ओटीटी अधिकार प्राप्त गरेका च्यानलहरु नेटटीभी प्राइममा समावेश गरेको छ । ओटीटी (मोबाइल एप) को मनिटाइज गर्ने तयारीसँगै कम्पनीले विशेष सिरिज तथा फिल्महरु समेत समावेश गर्नेछ ।

नेट टीभीका सीईओ निरन राजभण्डारीले अबको तीन हप्ताभित्रै एपलाई पेड मोडलमा लैजाने तयारी रहेको जानकारी दिए । ‘जसमा इन्टरनेसनल कन्टेन्ट पनि आउँदैछन् । नेपाली च्यानल मोनिटाइजेसनमा जाँदा समेत सबैलाई निःशूल्क रुपमा उपलब्ध गराइनेछ,’ उनले भने ।

नेट टीभीको एप मोबाइलमा डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०