close

क्युआरकोड स्क्यान गरेरै नविल बैंकबाट पैसा निकाल्न सकिने

टेकपाना टेकपाना

साउन १४, २०७७ १३:१८

क्युआरकोड स्क्यान गरेरै नविल बैंकबाट पैसा निकाल्न सकिने

काठमाडौं । अब क्युआरकोड स्क्यानगरी सहज रुपमा नविल बैंकबाट पैसा निकाल्न सकिने भएको छ । नविल डिजि बैंकले ‘स्क्यान एण्ड विथड्र’ सेवा सुरु गर्दै नयाँ सुविधा थप गरेको हो ।

यो सेवा बैंकका मोबाइल बैंकिङ ‘नविल स्मार्ट बैंक’ प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाका सम्पूर्ण शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ ।

आगामी दिनमा यो सेवालाई देशभर विस्तार गर्ने बैंक को छ । बैंकका अनुसार यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखामा रहेको क्युआरकोड स्क्यान गरी एक दिनमा एक लाख रुपैयाँसम्म र महिनामा १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०