close

लकडाउनले विदेशमा रोजगारी खोसियो ?, अब अनलाइनबाट यसरी पाईन्छ नेपालमै काम

टेकपाना टेकपाना

साउन १५, २०७७ ८:५३

लकडाउनले विदेशमा रोजगारी खोसियो ?, अब अनलाइनबाट यसरी पाईन्छ नेपालमै काम

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण देश विदेशमा रोजगारी नै गुम्ने अवस्था आएकाहरुलाई खुसिको खबर छ । युकेएडआईडी र नेपाल सरकारसमेतको सहकार्यमा त्यसरी रोजगारीमा समस्या परेकालाई स्वदेशमै रोजगारी दिने उद्देश्यसहित बिहीबारदेखि नयाँ कार्यक्रमको थालनी हुँदैछ ।

‘अब स्वदेशमै छ रोजगारी’ अभियानसहित यो कार्यक्रम सुरुवात गर्न लागिएको हो ।
यसका लागि रोजगारी खोजी रहेका व्यक्तिले रोजगारी डटकममा क्लीक गरेर आफ्नो क्षमता अनुसारका काम खोज्न सक्छन् । अर्थमनत्री डा. युवराज खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आज ११ बजे संयुक्त रुपमा उद्घाटन गर्ने यो अभियानमा रोजगारीसहित तालिम र स्वरोजगार समेत उपलब्ध गराउने सुविधा प्रदान गरिएको छ ।

यसका लागि उक्त वेबसाईटमा गएर विवरण भने दर्ता गर्नुपर्नेछ । विवरण दर्ता प्रक्रिया चार चरणमा पुरा हुन्छ । दर्ता प्रक्रियामा हालको ठेगाना, आफू रहेको देश, त्यसपछि कामको खोजी र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ । विवरण भर्दा कुनै गलत जानकारी भरिएमा त्यसलाई सुधार्न सकिन्छ । एकपटक फारम भरिसकेपछि भने विवरण परिवर्तन गर्न सकिनेछैन । त्यसैले यसरी विवरण भर्दा सही सम्पर्क नम्बर र ठेगाना उपलब्ध गराउन अनुरोध गरिएको छ ।
यस अभियान तथा रोजगारी सर्भिसेसले रोजगार खोजीकर्तालाई रोजगार, तालिम तथा स्वरोजगारको भने कुनै ग्यारेन्टी गरेको छैन । यद्यपि रोजगारी खोजिरहेकालाई सहयोग भने गर्नेछ ।


के हो ‘अब स्वदेशमै छ रोजगारी’ अभियान ?

रोजगारीको खोजी गरिरहेका तथा विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गरेर रोजगारी सर्भिसेज र युकेएडले संयुक्त रुपमा सुरु गरेको अभियान हो यो । यो अभियान अन्तर्गत रोजगारी आवश्यक भएका व्यक्तिले रोजगारी डटकम अथवा यसको एपमार्फत विवरण भरेर रोजगारी खोजी गर्न सक्नेछन् । यो अभियान वास्तवमा एउटा प्लेटफर्म हो, जहाँ रोजगारी खोज्नेले आफ्नो विवरण भर्नेछन् र कर्मचारी आवश्यक परेकाले त्यहाँबाट सम्पर्क गरेर उनीहरुलाई काममा लिन सक्छन् । यो प्लेटफर्म आउटसोर्सिङ्को अवधारणामा आधारित छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०