close

रेड्मी नोट ९ सिरिजका सस्ता अनि आकर्षक स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन १६, २०७७ १८:१७

रेड्मी नोट ९ सिरिजका सस्ता अनि आकर्षक स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । शाओमीले बजेट सेग्मेन्टका दुई नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार रेड्मी ९ र रेडमी ९ ए सार्वजनिक गरेको हो ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभवमा पहुँच दिलाउने शाओमी अपेक्ष छ । इन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेड्मी ९ ले आकर्षक फोटो खिच्न मद्दत गर्दछ ।

द्रुत स्न्याप, वाईड एन्गल, ग्रुप सट, डिटेल भ्यूका साथै क्लोज अप र सुन्दर पोेट्रेट लिन चाहने प्रयोगकर्ताका इच्छा रेड्मी ९ ले पुरा गर्नेछ । क्यालिडोस्कोप र पाम शटर जस्ता विशेषता समेत यी फोनमा रहेका छन् ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले उल्लेखनीय स्मार्टफोन अनुभवलाई पहुँचयोग्य बनाउने कम्पनीको उद्देश्य अनुरुप यी दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको बताए ।

‘सुलभ मूल्यमा उपलब्ध इन्ट्री लेबलका फोनका लागि यी दूई स्मार्टफोन विशिष्ट विकल्प हुन्,’ उनले भने, ‘यी दुवै स्मार्टफोनहरु नेपालका हाम्रा मी फ्यानहरु र प्रयोगकर्ताका लागि ल्याउँन पाउँदा निकै उत्साहित छौ ।’

दुवै फोनहरु साओमीका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछन् ।

रेड्मी नाइन

ठूलो र उत्कृष्ट स्क्रीन रहेको यो फोनमा ६.५३ इञ्चको एफएचडी प्लस डट ड्रप डिस्प्ले रहेको छ । रेड्मी नाइनले क्रिस्टल क्लियर रुपमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

टीयूभी रेइनल्याण्ड लो ब्ल्यू कलर लाइट रहेको यो फोनमा सुरक्षाका लागि कोर्निंग गोरिल्ला ग्लास दिइएको छ । पर्फमेन्सका लागि रेड्मी ९ मा अनुकूलित मिडियाटेक हेलियो जी ८० एसओसी रहेको छ । जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारिएको पर्फर्मेन्स दिने छ ।

५०२० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनले दैनिक काम र खेलका लागि आवश्यक ब्याकअप दिनसक्छ । साथै यसलाई १८ वाटको फास्ट चार्जिङ प्रविधिले समेत सपोर्ट गर्दछ ।

रेड्मी ९ ले तपाईंलाई शानदार स्मार्टफोन डिजाइनको अनुभव समेत दिनेछ । यसमा पछाडिको कभरमा शिष्ट ग्रेडियण्ट कलर डिजाइन र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर पनि दिइएको छ ।

यसमा रियर फिंगरप्रिन्ट सेन्सर विशेष गरी क्यामेरा सेटको छेउमा रहने गरी डिजाइन गरिएको छ । रेड्मीको हालको स्मार्टफोन लाइनअपमा चर्चित ट्रेन्डी सर्कल डिजाइनले यो फोनलाई घेरिएको छ । जसले फोनलाई समात्न र अनलक गर्न अझ बढी सहज बनाउँछ ।

३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर सहितको यो फोनमा डुअल सिम र माइक्रो एसडी स्लट समेत दिइएको छ । कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पल गरी तीन कलरमा उपलब्ध यो फोनको मूल्य तीन ३ जीबी प्लस ३२ जीबीका लागि १६,९९९ रुपैयाँ राखिएको छ । यसैगरी ४ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य १७,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी ९ ए

इन्ट्री लेबलको यो स्मार्टफोनमा इमर्सिभ दृश्य अनुभूतिका लागि ६.५३ इञ्च आकारको डट ड्रप डिस्प्ले रहेको छ । यसमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । फोनमा धेरै विताउन रुचाउने प्रयोगकर्ताका लागि यो ब्याट्रीले पर्याप्त साथ दिनेछ ।

रेड्मी ९ ए मा मिडियाटेक हेलियो जी २५ र अक्टा कोर गेमिङ चिपसेट राखिएको छ । यसमा रहेको एआई अप्टिमाइज्ड् १३ मेगापिक्सेल रियर क्यामेराले छिटो रुपमा आकर्षक फोटो खिच्न सम्भव बनाउँछ ।

२ जीबी प्लस ३२ जीबी भेरियन्टको रेडमी ९ एको मूल्य ११,४९९ रहेको छ । यो फोन ग्रेनाइट ग्रे, पिकक ग्रिन र स्काई ब्लू गरी तीन कलरमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०