close

सिन्धुपाल्चोकका पहिरो पीडितलाई डिशहोमको राहत सहयोग

टेकपाना टेकपाना

साउन १६, २०७७ १९:२७

सिन्धुपाल्चोकका पहिरो पीडितलाई डिशहोमको राहत सहयोग

काठमाडौं । डिशहोमले आफ्नो सामाजिक उत्तरदायीत्वको कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–५ जम्बुमा रहेका पहिरो प्रभावित स्थानीयहरुलाई डिशहोमले राहतसामग्री वितरण गरेको हो ।

पहिरो पीडित २८ घर परिवार लाई कम्पनीले ४ लाख २० हजार रुपैयाँ नगद राहत स्वरुप उपलव्ध गराएको छ । डिशहोमका स्थानीय वितरक र प्रतिनिधीहरुले पहिरोबाट अति प्रभावित जम्बुमै पुगेर उक्त सहयोग रकम स्थानीय परिवारहरु लाई हस्तान्तरण गरेका थएि ।

सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै डिशहोमले आफ्नो स्थापना काल देखि नै विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । डिशहोमले एसईई तयारी कक्षादेखि लकडाउनको समयमा विद्यार्थिहरुको पढाईमा सहयोग हुने गरी कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम समेत टेलिभिजन कक्षा मार्फत प्रसारण गरिरहेको छ ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर रुपमा उत्कृष्ट सेवा र गुणस्तरिय दृष्यसँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०