close

एण्ड्रोइड र आईओएस प्रयोगकर्तालाई गूगल वानमा निःशूल्क १५ जीबी स्टोरेज

टेकपाना टेकपाना

साउन १७, २०७७ १२:२९

एण्ड्रोइड र आईओएस प्रयोगकर्तालाई गूगल वानमा निःशूल्क १५ जीबी स्टोरेज

काठमाडौं । गूगलले सन् २०१८ मा ल्याएको क्लाउड स्टोरेज सर्भिस गूगल वानले अब गूगल अकाउण्ट भएका आईओएस तथा एण्ड्रोइड दुवै फोन प्रयोगकर्ताका लागि निःशूल्क स्टोरेज ब्याकअप दिने भएको छ । गूगल वानको आईओएस एपमा तपाईंले फोटो, भिडियो, सम्पर्क नम्बर, क्यालेण्डर कार्यक्रमहरु राख्न सक्नुहुन्छ । 

एन्ड्रोइड एपमा भने गूगल वानको सदस्यता बिना नै प्रयोगकर्ताले आफ्नो फोनमा भएका सबै प्रकारका फाइलहरु यसभित्र ब्याकअप राख्न सक्नेछन् । 

फाइललाई ब्याकअपको सुविधा दिने बाहेक कुन फाइल स्टोर भएको छ भनेर सजिलै व्यवस्थापन गर्न सकिने गरी गूगल वान अपडेट पनि भएको छ ।  यो स्टोरेज म्यानेजमेण्ट फिचर भने एप र वेब दुबैमा उपलब्ध छ । यो फिचरले ड्राइभ, जीमेल र फोटोबाट सुरिक्षत गरिएका सबै फाइलहरुलाई एक ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्दछ । 

तपाईंले आफ्नो व्यक्तिगत गूगल अकाउन्टमा १५ जीबीको स्टोरेज निःशूल्क पाउनुहुन्छ । तर जी सूट अकाउण्टलाई भने यसले सपोर्ट गर्दैन । गूगलले सःशूल्क स्टोरेज योजना पनि ल्याएको छ । यसमा सय जीबी स्टोरेजको लागि प्रयोगकर्ताले मासिक १.९९ डलर तिर्नुपर्दछ । गूगलले नयाँ नयाँ फिचर केही दिनमै एण्ड्रोइडका लागि रोलआउट गरिने बताएको छ । यस्तै नयाँ आईओएस एप पनि सार्वजनिक हुने तयारीमै छ । 

गूगल वानको सेवा नेपालमा पनि पाउन सकिने भएको छ । अन्य कुन कुन मुलुकहरुमा गूगल वानको सुविधा उपलब्ध रहेको छ भन्ने बारेमा जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

गूगल वानको एण्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  आईओएस एप स्टोरका लागि भने केही समय कुर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०