close

अब ह्वाट्सएपको ग्रुप च्याट सधैंलाई ‘म्युट’ गर्न सकिने

टेकपाना टेकपाना

साउन १७, २०७७ २१:४१

अब ह्वाट्सएपको ग्रुप च्याट सधैंलाई ‘म्युट’ गर्न सकिने

काठमाडौं । ह्वाट्सएप विगत केही समयदेखि नयाँ अपडेटमा काम गरिरहेको छ । नयाँ अपडेटको रुपमा २.२०.१९७.३ भर्सन चाँडै सार्वजनिक हुने तरखरमा छ ।

जसमा कम्पनीले नयाँ फिचरको रुपमा ग्रुप च्याटबाट वाक्क भएका प्रयोगकर्तालाई खुशी दिने फिचर समेत समावेश छ । यसमा ग्रुप च्याटभित्र ‘म्युट अलवेज’ नामक फिचर थप गरिने छ ।

जसको अर्थ प्रयोगकर्ताले ग्रुप च्याटको नोटिफिकेसन सधैंको लागि बन्द गर्न सक्नेछन् । यसअघि ग्रुप च्याटमा एक घण्टा, आठ घण्टा र एक वर्षसम्म म्युट गर्न सकिने सुविधा रहेको थियो ।

त्यसलाई विस्तार गरेर कम्पनीले अब सधैंका लागि बन्द गर्न सकिने सुविधा ल्याउन लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०