close

आकर्षक गेमिङ स्मार्टफोन ब्ल्याक शार्क थ्रीएस सार्वजनिक

टेकपाना टेकपाना

साउन १८, २०७७ १०:५५

आकर्षक गेमिङ स्मार्टफोन ब्ल्याक शार्क थ्रीएस सार्वजनिक

लामो समयको पर्खाई पछि अन्ततः कम्पनीले ब्ल्याक शार्क थ्रीएस स्मार्टफोन सार्वजनिक गरेको छ । यो कम्पनीको पछिल्लो गेमिङ स्मार्टफोन हो, जुन कयौं नयाँ फिचरका लागि विशेष छ । 

यसअघि कम्पनीले गत मार्चमा गेमिङ स्मार्टफोनको रुपमा ब्ल्याक शार्क थ्री र ब्ल्याक शार्क थ्री प्रो  सार्वजनिक गरेको थियो । नयाँ स्मार्टफोन केही हदसम्म ब्ल्याक शार्क थ्री जस्तै छ । तर यसमा १२० हर्ज रिफ्रेश रेट छ, जसले प्रयोगकर्ताको दृश्यात्मक र खेलको अनुभव दुवै रुपमा मजेदार अनुभव दिनेछ । 

कम्पनीले चीनमा ब्ल्याक शार्क थ्रीएस सार्वजनिक गरेपनि अन्य देशमा कहिले पुर्‍याउँछ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

कति छ ब्ल्याक शार्क थ्रीएसको मूल्य ?

 ब्ल्याक शार्क थ्रीएस स्काई क्लाउड ब्ल्याक र क्रिस्टल ब्लू कलर भेरियन्टमा सार्वजनिक भएको छ । यसको मूल्यको कुरा गर्दा १२ जीबी प्लस १२८ जीबी मोडेलको मूल्य ३,९९९ चिनियाँ युआन अर्थात् करिब ६९ हजार रुपैयाँ रहेको छ । 

प्रयोगकर्ताहरूले यसलाई आधिकारिक ब्ल्याक शार्क वेबसाइटबाट खरीद गर्न सक्ने बताइएको छ । 

ब्ल्याक शार्क थ्रीएसको स्पेसिफिकेसन र फिचर

ब्ल्याक शार्क थ्रीएसमा स्नाप ड्रागन ८६५ प्रोसेसर रहेको छ भने यसको तौल २२२ ग्राम छ । ६.६७ इञ्च एमओएलईडी डिस्प्ले रहेको यो फोनमा १०८० बाई २,४०० पिक्सेलको स्क्रीन रेजोलुसन रहेको छ । 

यस्तै २०:९ अस्पेक्ट रेसियोको साथमा आएको यो फोनको खास विशेषता नै १२० हर्जको रिफ्रेश रेट हो । यसमा सुरक्षाका लागि ईन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर दिइएको छ । 

फोटोग्राफीको लागि ब्ल्याक शार्क थ्रीएसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर १३ मेगापिक्सेलको वाइड एंगल क्यामेरा र पाँच मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ । फोनको फ्रण्ट क्यामेरा भने २० मेगापिक्सेलको छ । 

यो स्मार्टफोनमा प्रयोगकर्ताले ६० एफपीएस फोरके भिडियो रेकर्डिङको सुविधा समेत पाउनेछन् । पावर ब्याकअपको लागि ४,७२९ एमएएच क्षमताको ब्याट्री राखिएको फोनमा ६५ वाट फास्ट चार्जिङ सपोर्ट सिस्टम समेत रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०