close

अनलाइनबाटै यसरी खोल्नुहोस्, सिटिजन्स बैंकको खाता

टेकपाना टेकपाना

साउन १८, २०७७ ११:४१

अनलाइनबाटै यसरी खोल्नुहोस्, सिटिजन्स बैंकको खाता

काठमाडौं । सिटिजन्स बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । कोभिड १९ को महामारीको समयमा बैंकमा हुने भिडभाड कम गर्दै संक्रमणको जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बैंकले यस्तो सुविधा दिन थालेको हो । 

आज हामी तपाईंलाई सिटिजन्स बैंकमा अनलाइनबाटै खाता खोल्ने तरिका बारे बताउँदै छौं । 

अनलाइनबाट खाता खोल्न यसो गर्नुहोस् 

  • सिटिजन्स बैंकमा अनलाइनबाटै खाता खोल्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । अब त्यहाँ विभिन्न खाताहरुको अप्सन तपाईंले देख्नुहुनेछ ।
  • उपलब्ध खातामध्ये सुहाउँदो कुनै एउटा खाता चयन गरेर त्यस अघि रहेको अप्लाइ नाउ बटनमा क्लिक गर्नुहोस् ।
  • अब एउटा फाराम खुल्नेछ । त्यसमा आफ्नो नाम, जन्म मिति, ईमेल एड्रेस, फोन तथा मोबाइल नम्बर, मुलुक लगायतका विवरण भर्नुहोस् । 
  • फारामको अन्तिममा दिइएको क्याप्चालाई अगाडिको बक्समा जस्ताको त्यस्तै टाइप गर्नुहोस् र प्रोसिड टु अकाउण्ट ओपनिङ फर्म बटनमा क्लिक गर्नुहोस् । 
  • बैंकले यी विवरण प्रमाणीकरण गरिसकेपछि ईमेलमार्फत तपाईंलाई एउटा ओटीपी कोड पठाउनेछ ।
  • ओटीपी भ्यालिडेट भएपछि व्यक्तिगत जानकारी, पेशागत विवरण, परिचय प्रमाणीकरण लगायतका विवरण भर्न तथा स्क्यान कपी अपलोड गर्न एउटा निर्देशिका सहितको प्रक्रिया पछ्याउनुहोस् ।
  • पठाएका सबै विवरण प्रमाणीकरण भएपछि तपाईंले बैंकको टर्म्स एण्ड कण्डिसन एसेप्ट गर्नुपर्ने हुन्छ । यससँगै खाता खोल्ने आवेदन बैंकमा जानेछ ।
  • अनलाइन फाराम भर्ने प्रक्रियालाई बीचैमा ड्राफ्टको रुपमा सेभ गर्न समेत सकिन्छ । यसबाट बीचको कुनै चरणलाई पछि भर्न समेत मिल्छ । 
  • तपाईंका सबै विवरण प्रमाणीकरण गरिसकेपछि बैंकले तपाईंको खाता खोलिदिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०