close

२२ हजारले घट्यो, सामसङ ग्यालेक्सी एस ट्वान्टी प्लसको मूल्य

टेकपाना टेकपाना

साउन १८, २०७७ १२:५७

२२ हजारले घट्यो, सामसङ ग्यालेक्सी एस ट्वान्टी प्लसको मूल्य


काठमाडौं । नेपालमा चर्चित मोबाइल तथा इलेक्ट्रोनिक्स ब्राण्ड सामसङ नेपालले ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लसको मूल्य घटाएको छ । गत फागुन अन्तिम साता नेपाली बजारमा सार्वजनिक गरिएको फ्ल्यागशिप फोन एस ट्वान्टी प्लसको मूल्य एकै पटक २२ हजार रुपैयाँले घटेको हो ।

नेपाली बजारमा ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लसको मूल्य यस अघि क्रमशः एक लाख १३ हजार ९९९ रुपैयाँ र एक लाख २६ हजार ९९९ रुपैयाँ तोकिएको थियो । कम्पनीले भारी छूट सहित ती फोनहरु अब क्रमशः ९४ हजार ९९९ र १ लाख चार हजार ९९९ सय रुपैयाँमा उपलब्ध गराएको छ । यस हिसावले एस ट्वान्टीको मूल्य १९ हजार रुपैयाँले सस्तिएको छ ।

Samsung
Samsung

सामसङ ग्यालेक्सी एस ट्वान्टी सिरिजका यी दुवै स्मार्टफोन भिडियोग्राफी र फोटोग्राफीका लागि एकदमै महत्वपूर्ण छन् । फोनमा पूर्ण रुपमा नयाँ क्यामेरा सिस्टमको प्रयोग गरिएको छ ।

एआई तथा सामसङको इमेज सेन्सरले हरेक क्षणलाई विशेष रुपमा कैद गर्नसक्छ । एस ट्वान्टी सिरिजमा सामसङका विशेष सुविधाहरु छन् ।

यो सिरिजमा उत्कृष्ट हार्डवेयर तथा फिचर्सहरु समावेश गरिएको छन् । मोबाइलमा ६४ मेगापिक्सेलको क्यामेरा र सेन्सर राखिएको छ । दुवै फोनमा ३० गुणासम्मको जूम छ । यसमा रहेको सिंगल टेकले एकसाथ रियर क्यामरामा रहेका सबै लेन्सहरुको प्रयोग गर्दछ ।

यसमा विभिन्न फर्म्याट १० सेकेन्डसम्मको भिडियो खिच्न सकिन्छ । जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ । जसले पुनः खिच्नुपर्ने बाध्यता समेत रहँदैन । एस ट्वान्टी कस्मिक ग्रे र क्लाउड ब्लू गरी दुईवटा रङ्गमा तथा एस ट्वान्टी प्लस थप क्लाउड ब्लू सिहत तीन कलरमा बजारमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०