close

‘मेरो शेयर’ काे नवीकरण अब ईसेवाबाटै

टेकपाना टेकपाना

साउन १८, २०७७ १५:२७

‘मेरो शेयर’ काे नवीकरण अब ईसेवाबाटै

काठमाडौं । शेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो शेयर’ एकाउन्ट नविकरण अब इसेवाबाट गर्न सक्ने भएका छन् ।

यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको ईसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने बनाएको हो ।

योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाटको अन्त्य भएको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताएका छन् ।

उनका अनुसार इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०