close

सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको ओप्पो ए १२ नेपाली बजारमा

टेकपाना टेकपाना

साउन १८, २०७७ १७:१५

सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको ओप्पो ए १२ नेपाली बजारमा

काठमाडाैं । चिनियाँ मोबाइल ब्राण्ड ओप्पोले नेपाली बजारमा ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो ए १२ सार्वजनिक गरेको छ । ३ जीबी र्‍याम तथा ३२ जीबी रोम र ४ जीबी र्‍याम तथा ६४ जीबी रोम गरी दुई विकल्पका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको हो ।

फोनमा ४,२३० एमएएच क्षमताको ब्याट्री रहेको छ । रियर फिंगरप्रिन्ट सेन्सर, अक्टाकोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायतका उत्कृष्ट फिचरले फोनप्रति नेपाली युवा वर्गलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्टोरेज तथा पर्फमेन्स

३ तथा ३२ र ४ तथा ६४ जीबी गरी दूई भेरियन्टमा उपलब्ध ओप्पो ए १२ को क्षमता एसडीकार्डमार्फत २५६ जीबी सम्म विस्तार गर्न सकिन्छ । अक्टाकोर प्रोसेसर तथा मिडियाटेक हेलियो पी ३५ मा आधारित यो फोनमा ४,२३० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

कलरओएस ६.१ दिइएको यो फोनमा यात्रीहरुलाई लक्षित गर्दै अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गर्ने सुविधा सहितको राइडिङ मोड समेत रहेको छ । ओप्पो ए १२ मा स्मार्ट साउण्ड इफेक्ट र साउण्ड अप्टिमाइजेसन लगायतका फिचर छन् ।

डिजाइन

६.२२ इञ्चको वाटर ड्रप आई प्रोटेक्सन स्क्रीन सहित ओप्पो ए १२ थ्रीडी डायमण्ड ब्लेज डिजाइनमा आएको छ । फोनको पछिल्लो भागमा फिंगरप्रिण्ट अनलकिङ सेन्सर र एआई फेसियल अनलक फिचर समेत दिइएको छ ।

क्यामेरा

ओप्पो ए १२ मा एआईमा आधारित डुअल रियर क्यामेरा रहेको छ । जसमा १३ मेगापिक्सेलको मुख्य र दुई मेगापिक्सेलको डेप्थ क्यामेरा छ । फोनमा रहेको १३ मेगापिक्सेलको मुख्य क्यामेराले ब्रस्ट मोड तथा छ गुणा डिजिटल जूम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

फोनमा पोट्रेट शुटिङ र खाना तथा बनस्पतिको फोटो शुटिङका लागि दूई विशेष मोडको दिइएको छ । सेल्फीका लागि फोनमा एआई ब्यूटिफिकेसन सहितको ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ ।

एआई ब्यूटिफिकेसनले स्वचालित रुपमा छालाको गुणस्तर, उमेर, लिंग, स्किन टोन लगायत पहिचान गरी त्यसैका आधारमा फोटो खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

मूल्य तथा उपलब्धता

ओप्पो ए १२ दुई भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । जसमा तीन जीबी र्‍याम तथा ३२ जीबी रोम भएको फोनको मूल्य १८ हजार ५ सय ९० र चार जीबी र्‍याम तथा ६४ जीबी रोम भएको फोनको मूल्य २० हजार ७९० रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०