close

अब अनलाइनबाटै यसरी गर्नुहोस् व्यापार-व्यवसायको दर्ता र नवीकरण

टेकपाना टेकपाना

साउन २२, २०७७ ११:४४

अब अनलाइनबाटै यसरी गर्नुहोस् व्यापार-व्यवसायको दर्ता र नवीकरण

काठमाडौं । अब अनलाइनबाटै व्यापार-व्यवसायको दर्ता गर्न सकिने भएको छ । वाणीज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबारदेखि अनलाइन सेवा सुरु गरेको हो ।

विभागका अनुसार अब प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको काम अनलाइनबाटै गर्न सकिनेछ ।

कसरी लिने अनलाइन सेवा ?

नयाँ फर्मको युजर नेम र आईडीको रजिस्ट्रेसन
  • विभागको अनलाइन सेवा लिन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • अनलाइन युजर लगईन फारमको पुछारमा गएर नयाँ फर्म दर्ता अघि रहेको साइनअप बटनमा क्लिक गर्नुहोस् ।
  • अब अनलाइन युजर रजिस्टर फाराम देख्नुहुनेछ । त्यसमा ईमेल, मोबाइल नम्बर र पासवर्ड राखेर रजिस्टर गर्नुहोस् ।
  • यति गरिसकेपछि तपाईंको मोबाइल र ईमेलमा भेरिफिकेसनका लागि ओटीपी कोड तथा लिङ्क आउनेछ । त्यसमा क्लिक गर्नुहोस् र भेरिफिकेसन गर्नुहोस् ।
  • भेरिफिकेसनको प्रक्रिया सम्पन्न भइसकेपछि तपाईंले यहाँ क्लिक गरी आफ्नो युजर नेम र पासवर्ड राखेर लगईन गर्न सक्नुहुनेछ ।
पुराना अर्थात दर्ता भइसकेका फर्मको लागि
  • सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • अनलाइन युजर लगईन फारामको पुछारमा गएर दर्ता भइसकेको फर्म अघि रहेको साइनअप बटनमा क्लिक गर्नुहोस् ।
  • फर्मको अगाडीपट्टी क्लिक गरी प्राइभेट, साझेदारी, एजेन्सी, कम्पनी, ढुवानी, प्रत्यक्ष बिक्री मध्ये आफ्नो फर्मको प्रकृति चयन गर्नुहोस् ।
  • अब रजिस्ट्रेसन नम्बर राखेर नेपाली र अंग्रेजी दुवैमा फर्मको नाम भर्नुहोस् र खोज्नुहोस् लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यदि फेला पार्न सक्नुभएन भने ह्रस्व-दीर्घ फरक पारेर दुई तीन पटकसम्म खोज्नुहोस् ।
  • फर्म फेला परेपछि रुजु गरेर अन्तिममा रहेको रजिस्टर बटनमा दबाउनुहोस् ।
  • त्यसमा ईमेल, मोबाइल नम्बर र पासवर्ड राखेर रजिस्टर गर्नुहोस् ।
This image has an empty alt attribute; its file name is image-11.png
  • यति गरिसकेपछि तपाईंको मोबाइल र ईमेलमा भेरिफिकेसनका लागि ओटीपी कोड तथा लिङ्क आउनेछ । त्यसमा क्लिक गर्नुहोस् र भेरिफिकेसन गर्नुहोस् ।
  • भेरिफिकेसनको प्रक्रिया सम्पन्न भइसकेपछि तपाईंले यहाँ क्लिक गरी आफ्नो युजर नेम र पासवर्ड राखेर लगईन गर्न सक्नुहुनेछ ।
नयाँ फर्म कसरी दर्ता गर्ने ?
  • यहाँ क्लिक गरी भर्खरै तयार पारेको युजरनेम र पासवर्ड राखेर लगईन गर्नुहोस् ।
  • अब यस्तो पेज देख्नुहुनेछ । त्यसमा आफ्नो फर्मको नाम जाँच गर्नुहोस् । यस्तो बेलामा ह्रस्व-दीर्घको समेत ख्याल गर्नुहोस् ।
  • यदि तपाईंले दर्ता गर्न चाहेको कम्पनीको नाम अरु कसैले प्रयोग गरेको छैन भने तपाईं स्वतः यस्तो पेजमा पुग्नुहुनेछ ।
  • अब त्यसमा आफ्नो फर्मको प्रकार छान्नुहोस् । यति गरेपछि नयाँ फाराम खुल्नेछ ।
  • त्यसमा आवश्यक विवरण भर्नुहोस् । नेक्स्ट हुँदै फाराम भरिसकेपछि सेभ/सेण्ड बटनमा क्लिक गर्नुहोस् । यति गरेपछि विभागका तपाईंको फर्म दर्ताका लागि अगाडि बढ्नेछ ।

फाराम भर्दा फर्म, प्रोप्राइटरको विवरण र आवश्यक कागजात समेत अपलोड गरी पठाउनुपर्ने हुन्छ । विवरण नखुलेमा वा कागजात नमिलेमा विभागले तपाईंको निवेदन अस्वीकृत गर्न सक्छ । निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी समेत तपाईंले ईमेल, एसएमएस तथा युजर ड्यासबोर्डबाट प्राप्त गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३