close

अमेरिकी चुनाव ह्याक गर्ने व्यक्ति पहिचान गर्नेलाई १ अर्ब २० करोडको पुरस्कार

टेकपाना टेकपाना

साउन २२, २०७७ १७:४६

अमेरिकी चुनाव ह्याक गर्ने व्यक्ति पहिचान गर्नेलाई १ अर्ब २० करोडको पुरस्कार

काठमाडौं । अमेरिकामा २०२० को राष्ट्रपतिय चुनाव अब सय दिनभन्दा टाढा छैन । यो चुनावमा विदेशी हस्तक्षेपलाई रोक्न र सन् २०१६ को जस्तो घटना दोहोरिन नदिन अमेरिकाको विदेश मन्त्रालयले नयाँ घोषणा गरेको छ । 

विदेशमन्त्रालयले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने ह्याकरलाई पहिचान गर्ने जोकसैलाई एक करोड डलर इनाम दिने घोषणा गरेको हो । विदेशी सरकारसँग मिलेर अवैधानिक साइबर क्रियाकलापबाट अमेरिकी चुनावलाई हस्तक्षेप गर्न खोज्ने व्यक्ति वा उसको ठेगाना पहिचान गरी विदेश मन्त्रालय समक्ष जानकारी पुर्‍याउन सक्नेलाई सो पुरस्कार  प्रदान गरिने मन्त्रालयले बताएको छ । 

नोभेम्बर नजिक आउँदै गर्दा, यस वर्षको चुनावमा पनि वैदेशिक हस्तक्षेपको तयारी भइरहेका खबरहरु आइरहेका छन् । कोरोनाभाइरसको फैलँदो त्रासदीबीच मानिसहरु मतदान स्थलमा जान डराइरहेको बेला केही राज्यले भने ईमेलबाटै भोट दिने विकल्पको बारेमा विचार गरिरहेका छन् । 

तर अमेरिकी चुनाव विज्ञहरुले नोभेम्बर अघि नै धेरैवटा राज्यहरुले विभिन्न किसिमका मामिलाहरुको सामना गरिरहेको बताएका छन् । ईमेल ब्यालेटमा भएको मतदान पोल कामदारसम्म पुग्न धेरै समय लागिरहेको जस्ता समस्याहरु उत्पन्न भइरहेको खबर छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३