close

क्वालिटी अस्योरेन्स सम्बन्धी निःशूल्क सेसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन २३, २०७७ ९:४

क्वालिटी अस्योरेन्स सम्बन्धी निःशूल्क  सेसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ब्रोडवेइन्फोसिसले क्वालिटी अस्योरेन्स (क्यूए) सम्बन्धी तीन वटा सेसन आयोजना गर्ने भएको छ । कम्पनीले क्वालिटी मेन्टिनेन्स, टूल्स, टेस्ट र अप्रोच जस्ता महत्वपूर्ण विषयमा सेसनहरु सञ्चालन गर्ने भएको हो ।

सम्बन्धित विषयमा एक दशकभन्दा लामो अनुभव संगालेका प्रभावशाली इन्स्टक्टरहरुले सहभागीहरुलाई गुणस्तर सुनिश्चितता तथा करिअर सम्बन्धमा फराकिलो प्रस्तुती दिनेछन् । क्यू एण्ड ए सेसनको कार्यक्रम यही साउन ३०, ३१ र ३२ गते सञ्चालन हुनेछ ।

तीन वटै सेसन कूल ५ घण्टाका रहेका छन् । सेसनमा सहभागिता जनाउन इच्छुकहरुले कुनै शूःल्क तिर्नु नपर्ने आयोजक कम्पनीले जनाएको छ ।

सेसनहरु तीनै दिन बिहान दश बजेदेखि साढे ११ बजेसम्म सञ्चालन हुने छन् । कार्यक्रममा चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३