close

अब मोबाइलमा पनि गूगल डक्सका स्मार्ट फिचर

टेकपाना टेकपाना

साउन २३, २०७७ ११:२३

अब मोबाइलमा पनि गूगल डक्सका स्मार्ट फिचर

काठमाडौं । गूगलले डक्स, स्लाइड तथा सिट्सका लागि मोबाइलमा केही नयाँ फिचरहरु ल्याएरको छ । कम्पनीले आफ्नो सेवालाई मोबाइलमा पनि थप उपयोगी र उत्पानमूलक बनाउने उद्देश्यका साथ स्मार्ट कम्पोज, लिंक प्रिभ्यू, अफिस फाइल सपोर्ट लगायतका फिचरहरु सार्वजनिक गरेको हो । 

नयाँ फिचरहरु एन्ड्रोइड र आईओएस एपमा उपलब्ध भइसकेका छन् भने कतिपय आउन बाँकी छन् । कम्पनीका यी फिचरहरु गूगलको शक्तिशाली वर्ड सजेसनमा आधारित भएर बनाइएका हुन् ।

यसले प्रयोगकर्ताले कमै मात्रामा प्रयोग गरेका शब्द तथा वाक्यांशहरु प्रयोग गर्न सुझाउनेछ । कम्पनीले जारी गरेको फिचर स्मार्ट कम्पोज अन जीमेलमार्फत प्रयोगकर्ताले स्ट्याण्डराइज्ड डकुमेन्ट लेख्न सक्नेछन् । 

तर तपाईं धेरै नै सिर्जनशील लेख लेख्न चाहनुहुन्छ भने तपाईंको अपेक्षालाई यसले पुरा नगर्न सक्छ । 

यस्तै अर्को फिचर हो, लिंक प्रिभ्यू । तपाईंले गूगल डक्समा रहेका लिंकमा ट्याप गरेर त्यसभित्र के छ भनेर सटिक प्रिभ्यू हेर्न सक्नुहुन्छ । यस्तै तपाईले चाहनु भयो भने अझैं पनि लिंक क्लिक गरेर भित्र छिर्न सक्नुहुन्छ र थप जानकारी पाउन सक्नुहुन्छ । 

आगामी केही सातामा यी दुवै फिचरहरु आईओएस र एन्ड्रोइडमा रोलआउट हुने कम्पनीले जनाएको छ । तर लिंक प्रिभ्यू भने आईओएसमा यसअघिदेखि नै रहिआएको छ । 

गूगलले मोबाइलमा अफिस फाइल सपोर्टलाई समावेश गर्ने घोषणा समेत गरेको छ । अब तपाईंले मोबाइलमैत्री अफिस फाइल बनाउन गूगल डक्समा परिवर्तन गर्नु पर्दैन । यसको अर्थ वेबमा जस्तै तपाईंले एडिट गरेर त्यही फाइल प्रयोग गर्न सक्नुहुन्छ । 

गूगलले हाइलाइट गरेको अन्य फिचरहरु यस्ता छन् । 

नयाँ डार्क थिमः यो एन्ड्रोइडमा पहिलेदेखि नै उपलब्ध छ । अब यो वर्षको अन्त्यसम्ममा आईओएसमा पनि आउनेछ । 

छिटो छरितो कमेन्ट नेभिगेसनः यो फिचर पहिलेदेखि नै एन्ड्रोइडमा उपलब्ध छ । गूगलले केही महिनामा अब यसलाई पनि आईओएसमा ल्याउनेछ । 

भर्टिकल स्लाइड नेभिगेसनः तपाईंले अब नयाँ भर्टिकल ओभर भ्यू मोडबाट प्रिजेन्टेसनलाई सजिलै छिटो स्लाइड गर्न सक्नुहुन्छ । यो फिचर एन्ड्रोइडमा केही हप्तामा र आईओएसमा केही महिनामा आउँदैछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३