close

१२ सयमै क्लासिक टेकको इन्टरनेट, साथमा टीभी निःशूल्क

टेकपाना टेकपाना

साउन २३, २०७७ १२:४९

१२ सयमै क्लासिक टेकको इन्टरनेट, साथमा टीभी निःशूल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रुपमा पहिचान बनाएको कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहकको लागि सस्तो मूल्यमा इन्टनेट अफर गरेको छ ।

कम्पनीका अनुसार वार्षिक उत्सवको अवसरमा ग्राहकले मासिक १२ सय रुपैयाँमै ३० एमबीपीएस गतीको इन्टरनेट प्याकेज लिन पाउनेछन् । त्यस्तै १३ सय ७५ रुपैयामा ४० एमबीपीए गतिको इन्टरनेट र १७ सय ५० रुपैयाँमा ६० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराएको छ ।

त्यतिमात्र नभएर प्रयोगकर्ताले यी योजनामा निःशूल्क रुपमा टेलिभिजनको आनन्द पनि लिन पाउनेछन् । टेलिभिजनका लागि कम्पनीले प्रभु टीभीसँग सहकार्य गर्दै आइरहेको छ । जसमा एचडी र एसडी गरी २५० भन्दा बढी च्यानल रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३