close

सञ्चालनमा आयो नेपालकै पहिलो सोसल ईकमर्स यूजी बजार

टेकपाना टेकपाना

साउन २४, २०७७ १०:२

सञ्चालनमा आयो नेपालकै पहिलो सोसल ईकमर्स यूजी बजार

काठमाडौं । ईकमर्स प्लेटफर्म अर्बान गर्ल (यूजी) नयाँ स्वरुपमा अपग्रेड भएको छ । ग्राहकहरुमाझ आवश्यक सबै सामग्रीको होम डेलिभरी दिने उद्देश्यका साथ यूजी सोसल ईकमर्सको रुपमा विस्तारित भएको हो ।

नेपाली बजारमा अनलाइन सेवालाई युवा पुस्तामाझ स्थापित गराउनमा यूजीको महत्वपूर्ण भूमिका रहेको छ । देश र विदेशमा वस्ने परिवारलाई जोड्ने काम गर्दै आएको यूजीले नयाँ विश्वास र भरोसाको साथ सोसल ईकमर्स यूजी बजार सार्वजनिक गरेको हो ।

‘अर्बन बजारमार्फत क्रमशः ग्राहकहरुको आवश्यकता अनुसारका सबै सेवा तथा सुविधा घर दैलोसम्मै पुर्‍याउँदै जाने विश्वास दिलाउन चाहन्छौं,’ कम्पनीका सह-संस्थापक किरण तिम्सिनाले भने ।

अत्यावश्यक खाद्य सामग्रीदेखि मनोरञ्जन तथा घर परिवारको लागि आवश्यक सबै चिजवस्तुको आपूर्ति अब  ‘यूजी बजारबाटै’ हुनेछ । कम्पनीले प्रतिवद्धता स्वरुप भनेको छ, ‘हामी गुणस्तरीय समान समयमै सबैको घर घरमा पुर्‍याउँदै जाने छौं ।’

कम्पनीले वर्षौंदेखिको अनुसन्धान र विकास पश्चात शुक्रबार गूगल प्ले स्टोरका लागि मोबाइल एप समेत सार्वजनिक गरेको छ । उपभोक्तालाई नयाँ अनुभूती दिलाउने उद्देश्यका साथ यूजीले आफ्नो सिस्टममा बिभिन्न सात वटा मोड्युल समावेश गरेको छ ।

जसमा अक्सन तथा अफर मोड्युल, एचआर मोड्युल, अटोमोबाइल मोड्युल, ईकमर्स मोड्युल,  सोसल ईकमर्स मोड्युल लगायत छन् ।

सबै प्रकारको अनलाइन शपिङको आवश्यकता पुरा गर्ने उद्देश्यका साथ यूजी सन् २०१२ मा स्थापना भएको हो । अनलाइन अर्डरमा केकको होम डेलिभरी सेवामा चर्चित यूजीले त्यसको उत्पादन समेत आफैं गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३