close

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा छैनन् मार्क जुकरबर्ग

टेकपाना टेकपाना

साउन २४, २०७७ १४:२३

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा छैनन् मार्क जुकरबर्ग


काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गले टिकटकमाथिको प्रतिबन्ध सधैंका लागि नराम्रो नजीर बन्ने बताएका छन् । उनले आफ्ना कर्मचारीसँगको कुराकानीका क्रममा अमेरिकाले टिकटकलाई बन्द गर्दा यसको नकारात्मक प्रभाव सधैंभर रहिरहने बताएका हुन् ।

फेसबुकले टिकटक खरिद गर्ने विषयमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका थिए । ‘मैले टिकटकसँगको कुराकानीमा खरिद गर्ने अथवा फेसबुकमा गाभ्ने भन्ने विषयमा कुनै कुरा गरेको छैन,’ उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘तर, टिकटकको हालको अवस्थाको विषयमा सधैं छलफल हुनेछ । यसले विश्व परिवेशमा एउटा नराम्रो छाप पार्नेछ ।’

त्यसैले यसलाई समझदारीबाटै हल गर्नुपर्ने अवस्था सिर्जना भएको जुकरबर्गको भनाई थियो । उनले अगाडि भने, ‘हो राष्ट्रिय सुरक्षाको हिसाबले यो चिन्ताको विषय हो । तर, यसो भन्दैमा नराम्रो छाप छाड्ने खालको अवस्था सिर्जना भएमा विश्वकै लागि दुर्भाग्य हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३