close

६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै

टेकपाना टेकपाना

साउन २४, २०७७ १९:४५

६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै

काठमाडौं । इनफिनिक्सले चाँडै नयाँ स्मार्टफोन इनफिनिक्स जेरो एट ल्याउने भएको छ। हालसालै यो स्मार्टफोन गुगल प्ले कन्सोलमा देखिएको छ ।

कम्पनीले यो फोनको टिजर भिडियो पनि जारी गरेको थियो, जुन पछि हटाइयो । फोनका धेरैजसो स्पेसिफिकेसनको खुलासा गूगल प्ले कन्सोलमार्फत नै भइसकेको छ ।

माई स्मार्टप्राइसको रिपोर्टअनुसार फोनमा मिडियाटेक हेलियो जी ९० प्रोसेसर, माली जी ७६७६ जीपीयू र आठ जीबी र्‍याम छ । फोनको स्क्रीन साइज भने दिइएको छैन ।

यद्यपि फोनको डिस्प्ले १०८० बाई २४६९ पिक्सेल फुल एचडी हुनेछ । त्यस्तै डिस्प्लेको रिफ्रेश रेट ९० हर्ज हुनेछ । यस बाहेक इनफिनिक्स जेरो एट स्मार्टफोन एन्ड्रोइड १० अपरेटिङ सिस्टम सहित आउनेछ ।

फोनको डिजाइनको कुरा गर्दा यसमा अगाडितर्फ सेल्फी क्यामेराको लागि डुअल पञ्च होल रहने छ। सेल्फी क्यामेरा फोनको शिरानीको बायाँ कुनामा हुनेछ ।

रिपोर्टमा जनाइए अनुसार यसमा ४८ मेगापिक्सेल प्लस आठ मेगापिक्सेलको डुअल सेल्फी क्यामेरा हुनेछ । यसका साथै पछाडितर्फ क्वाड क्यामेरा सेटअप हुनेछ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर रहनेछ ।

रियर क्यामेरा प्रिज्म-आकारको मोड्युलमा हुनेछ । यसमा चार्जिङका लागि यूएसबी टाइप-सी पोर्ट रहनेछ भने ब्याट्री ब्याकअप ४४०० एमएएच क्षमताको हुनेछ ।

यस बाहेक कम्पनीले इनफिनिक्स हट १० स्मार्टफोन पनि ल्याउँदैछ । यो कम्पनीको इनफिनिक्स हट नाइनको अपग्रेडेड संस्करण हुन सक्ने अनुमान गरिएको छ । फोनमा ५१०० एमएएच क्षमताको ब्याट्री, ७२० बाई १६४० रेजोलुसन युक्त एचडी प्लस डिस्प्ले र चार जीबी र्‍याम हुन सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३