close

डिस्प्लेभित्रै क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै साओमी !

टेकपाना टेकपाना

साउन २४, २०७७ २०:५०

डिस्प्लेभित्रै क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै साओमी !

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले एउटा यस्तो स्मार्टफोनमा काम गरिरहेको छ, जसको डिजाइनले तपाईंलाई चकित पार्न सक्छ। रिपोर्टका अनुसार कम्पनीले अण्डर डिस्प्ले (डिस्प्लेभित्रै) क्यामेरा भएको विश्वकै पहिलो फोन ल्याउन लागेको हो ।

वास्तवमा साओमी चीनमा आफ्नो १० औं वार्षिकोत्सव मनाउने तरखरमा छ । यसै अवसरमा कम्पनीले अगस्ट ११ मा अनेकौं प्रडक्ट सार्वजनिक गर्नेछ । साओमीका सीईओ ली जुनले यी स्मार्टफोनहरूमा एउटा मी टेन अल्ट्रा हुनेछ।

यही फोनमा खास किसिमको क्यामेरा हुनसक्ने आँकलन गरिएको छ । प्रशिद्ध टिप्स्टर (टिप्स दिने) आइस युनिभर्सले भनेका थिए – एमआई टेन अल्ट्राले विश्वलाई आश्चर्यचकित तुल्याइदिनेछ। यद्यपि उनले यसको कारण भने खुलाएका थिएनन् ।


त्यसैताका यो डिभाइसमा अण्डर डिस्प्ले क्यामेरा हुने अर्का टिप्स्टर रोस योङ्‌गले सोही ट्वीटमा थप्दै लेखेका थिए । यदि रोस योङ्‌गलाई विश्वास गर्ने हो भने यसका केही सिमित युनिट मात्रै तयार हुनेछन् । जुन एक प्रकारको डेमो प्रडक्ट हुनेछन् ।

यस्तो हुनेछ, फोनको स्पेसिफिकेसन

प्रकाशित रिपोर्टहरुलाई आधार मान्ने हो भने यो फोनको आधारभूत भेरियन्टमा आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज हुनेछ । यसको माथिल्लो भेरियन्टमा भने १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज पाउन सकिनेछ ।

चीनमा यो फोनको नाम केही भिन्न हुन सक्नेछ । फोनमा १२० हर्ज रिफ्रेश रेट तथा फूल एचडी रेजोलुसन युक्त एमोलेड डिस्प्ले हुनसक्ने बताइएको छ ।

जसमा क्वालकम स्नापड्रागन ८६५ प्लस प्रोसेसर हुनसक्नेछ । फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री हुनेछ । जसले १००/१२० वाट फास्ट वार्ड चार्जिङ तथा ५५ वाट वायरलेस चार्जिङ सपोर्ट गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३