close

५ करोडमा आफ्नै डेटा सेन्टर बनाउँदै प्राधिकरण, आईटी नीति पनि छुट्टै

टेकपाना टेकपाना

साउन २५, २०७७ ११:१४

५ करोडमा आफ्नै डेटा सेन्टर बनाउँदै प्राधिकरण, आईटी नीति पनि छुट्टै

काठमाडौं । उड्ययन क्षेत्रको नियामक नेपाल नागरिक उड्ययन प्राधिकरणले आफ्नो डेटा सेन्टर बनाउने भएको छ । उडानसँग सम्बन्धित महत्वपूर्ण डेटाहरुको सुरक्षाका लागि नियामकले यस्तो केन्द्र तयार पार्ने भएको हो ।

उक्त कार्यक्रम प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि समावेश गरेको छ । प्राधिकरणका अनुसार डेटा सेन्टर तयार गर्न पाँच करोड रुपियाँ विनियोजन समेत गरिएको छ ।

प्राधिकरणले चालु आर्थिक बर्षमै आफ्नो छुट्टै सूचना प्रविधि नीति समेत तयार गर्ने भएको छ । यो पनि चालु आवकै कार्यक्रममा परेको छ ।

त्यस्तै फरक प्रकृतिका लागि तयार पारिएका छुटछुट्टै सफ्टवेयरलाई एकिकृत गरी एकद्वार प्रणालीमार्फत व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्ने कार्यक्रम पनि प्राधिकरणले गर्ने योजना बनाएको छ ।

प्राधिकरणको सूचना प्रविधि व्यवस्थापन कमजोर हुँदा दुई महिना अघि भारतीय ह्याकरले आधिकारिक वेबसाईट नै कब्जामा लिएका थिए । यद्यपि त्यसको केही समयमै वेबसाईट सञ्चालनमा ल्याउन प्राधिकरण सफल भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३