close

ओप्पो एफ १५ खरिद गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी विशेषता

टेकपाना टेकपाना

साउन २५, २०७७ २०:३१

ओप्पो एफ १५ खरिद गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी विशेषता

काठमाडौं । गत चैतमा अनलाइन इभेन्टमार्फत् नेपाली बजारमा सार्वजनिक गरिएको ओप्पो एफ १५ स्मार्टफोन पारखीका लागि एक रोजाइ बन्न सक्छ ।

यो फोनमा रहेको ४८ मेगापिक्सेल अल्ट्रा वाइड एङ्‌गल म्याक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइनले प्रयोगकर्तालाई व्यवसायिक फोटोग्राफीको अनुभव गराउन सफल भएको कम्पनीको दाबी छ ।

यदि तपाईं यो फोन खरिद गर्न चाहनुहुन्छ भने यी तीन विशेषताबारे जानकारी लिनुहाेस्:

हत्केलामै उत्कृष्ट फोटोग्राफी

स्लिक प्याकेजमा उपलब्ध ओप्पो एफ१५ मा कम्पनीले ४८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध छ । फोनमा रहेको फोर-ईन-वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ मेगापिक्सेल रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत तपाईंलाई गुणस्तरीय तस्वीर लिन सघाउँछ ।

यसमा रहेको वाइड एंगल मोडमार्फत् प्रयोगर्ताले करिव ३ सेन्टिमिटरसम्म माक्रोको प्रयोग गर्दै सहजै अटोफोकस गर्न सक्छन् । यसर्थ अब खानाका तस्वीर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु अझ स्पष्ट र खिच्न सकिन्छ ।

साथै, फुल तथा किराहरुका तस्वीर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिन्छ ।फोनका फ्रन्ट तथा पछिल्ला दुबैपट्टिका क्यामेरामा एआई भिडियो ब्युटिफिकेशन फिचरमा उपलब्ध छ । हल्लिरहेको अवस्थामा समेत ओप्पो एफ१५ ले स्पष्ट र सटिक (कम्पनरहित) भिडियो खिच्न सघाउँछ ।

स्लिक डिजाइन र उत्कृष्ट पर्फरमेन्स

एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्नेतिर विशेष ध्यान दिएर याे फाेन बनाएको दाबी कम्पनीको छ । यसमा जम्मा ७.९ एमएमको पातलो आकार र एक सय ७२ ग्राम तौल छ । यो पछिल्लो एफ ११ का तुलनामा पाँच प्रतिशत थप पातलो र नौ प्रतिशत हल्का हो ।

यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याश लाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथि उठाएर यसको लेन्सलाई थप सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्था गरिएको छ ।

ओप्पो एफ १५ मा रहेको फिंगरप्रिन्ट अनलक ३.० ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम छ ।

भोक फ्ल्याश चार्ज ३.० सहितको याे फाेनले मात्र पाँच मिनेटको समयमा दश प्रतिशत र ३० मिनेटमा ५० प्रतिशत चार्ज दिने क्षमता राख्छ ।

सफ्टवेयर र हार्डवेयर

यसमा ९०.७ प्रतिशत स्क्रीन टू बडी रेसियो तथा एफएचडी प्लस एमोलेड २४०० बाई १०८० रेजोलुसन छ । फ्रेम बूस्ट र टच बूस्टसहितको याे फाेनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीकाे छ ।

यी विशेषताले गेम ल्याग हुनबाट जोगाउनुका साथै टच रेस्पोन्समा सुधार ल्याएर गेमिङमा नियन्त्रण गर्न समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्न सक्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३