close

इन्जिनियरिङ संस्थानअन्तर्गतका परीक्षा स्थगित, भदौ १ देखि अनलाइन कक्षा

टेकपाना टेकपाना

साउन २५, २०७७ १८:१२

इन्जिनियरिङ संस्थानअन्तर्गतका परीक्षा स्थगित, भदौ १ देखि अनलाइन कक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरु स्थगित गर्ने भएको छ । विश्वभर फैलिरहेको कोभिड १९ को महामारीका कारण संस्थान अन्तर्गत भदौंमा सञ्चालन हुने भनिएका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएको हो ।

तर शैक्षिक क्यालेण्डर थप पछाडि धकेलिन नदिनका लागि भने संस्थानले अनलाइन कक्षा सुरु गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै संस्थानको डीनको कार्यालयले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन गरिने जनाएको छ ।

Image

‘अनलाइन कक्षाको रुटिन लगायतका अन्य विस्तृत जानकारीका लागि सम्बन्धित क्याम्पस तथा कलेजहरुमा सम्पर्क राख्नुहुन समेत सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ डीन कार्यालयको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३