close

ट्रम्पविरुद्ध अमेरिकामै मुद्दा हाल्दै टिकटक

टेकपाना टेकपाना

साउन २५, २०७७ १८:४८

ट्रम्पविरुद्ध अमेरिकामै मुद्दा हाल्दै टिकटक

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकाले कार्यकारी निर्देशन जारी गरेपछि कम्पनीले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध मूद्दा दायर गर्ने तयारी गरेको छ । कम्पनीले मंगलबारसम्ममा अदालतमा मूद्दा दायर गर्ने एक स्रोतलाई उदृत गर्दै एनपीआरले लेखेको छ । 

उक्त मूद्दा टिकटकको अमेरिकी अपरेसन रहेको दक्षिणी जिल्ला क्यालिफोर्नियाको जिल्ला अदालतमा दर्ता गरिने स्रोत व्यक्तिले बताएका छन् । टिकटकलाई स्पष्टीकरणको मौका नै नदिई प्रतिबन्ध लगाउने ट्रम्पको कदम असंवैधानिक भएको टिकटकको तर्क छ । 

साथै उक्त कार्यकारी आदेशका लागि ट्रम्पले गर्दै आएको राष्ट्रिय सुरक्षाको तर्क आधारहीन भएको समेत टिकटकको मूद्दामा उल्लेख रहेको स्रोतले बताएको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३