close

जिनियस इलेक्ट्रिक बाइक सार्वजनिक, नेपालमै बनाएर निर्यात गर्ने कम्पनीको योजना

टेकपाना टेकपाना

साउन २५, २०७७ १९:२०

जिनियस इलेक्ट्रिक बाइक सार्वजनिक, नेपालमै बनाएर निर्यात गर्ने कम्पनीको योजना

काठमाडौं । योमा मा ई मोटर्स प्रालिले जिनियस ब्राण्डको इलेक्ट्रिक (विद्युतीय) मोटरसाइकल भित्र्याएको छ । कम्पनीले नेपालमा नै विद्युतीय मोटरसाइकल बनाउने र भविष्यमा निर्यात समेत गर्ने योजनाका लाथ उक्त बाइक नेपाल भित्र्याएको हो ।

कम्पनीले जिनियस ब्राण्डको यो स्पोर्ट्स मोटरबाइक चीनमा बनाएर नेपाल भित्र्याइएको जनाएको छ । यस्तै किसिमका अन्य स्पोर्स्ट्स मोटरबाइकभन्दा यो मोटरबाइक निकै सस्तो र राम्रो रहेको कम्पनीको दाबी छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले इलेक्ट्रिक बाइक सार्वजनिक गरेका हुन् । ‘भविष्यमा नेपालमा नै उत्पादन गर्ने र निर्यात समेत गर्ने लक्ष राखिएकाले मात्र उद्घाटन समारोहमा रिबन काट्न गएको हुँ,’ लामो फेसबुक स्टाटस लेख्दै पुनले भनेका छन् ।

कम्पनीका संस्थापकले राष्ट्रिय आविष्कार केन्द्रलाई समेत विद्युतीय गाडीहरु बनाउँदा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ समेत सहभागी बनेका थिए ।

नेपालले आफ्नो ब्यापार घाटा घटाउन र तेल माथिको परनिर्भरता घटाउन विद्युतीय गाडीहरुलाई उच्च प्राथमिकता दिनुपर्ने पुनले बताएका छन् । ‘सरकारले स्व-विवेकले यस किसिमको काममा हात हाल्नु अनिवार्य छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३