close

अब ईसेवामै बहराइनको रेमिट्यान्स

टेकपाना टेकपाना

साउन २५, २०७७ २१:५

अब ईसेवामै बहराइनको रेमिट्यान्स

काठमाडौं । बहराइनको मनी ट्रान्सफर कम्पनी बहराइन फाइनाइन्सिङ कम्पनी (बिएफसी) र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै बहराइनमा रहेका नेपालीहरुले बीएफसीका ५५ वटा शाखा तथा बीएफसी बहराइन एपबाट कुनै पनि बैंक खातामा तथा ईसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।


नगदमा पठाइएको पैसा सोझै ईसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई अफरको रुपमा ५५ रुपैयाँमा क्यास ब्याक समेत दिइने कम्पनीले जनाएको छ । ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्टमा आधारित रेमिट्यान्स् सेवामार्फत नेपालमा विदेशबाट पठाएको पैसा उपलब्ध गराउँदै आएको छ ।

ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३