close

फेसबुकले विश्वभरका लागि सार्वजनिक गर्‍यो इन्स्टाग्राम रील्स, टिकटकलाई चुनौती

टेकपाना टेकपाना

साउन २६, २०७७ ७:५६

फेसबुकले विश्वभरका लागि सार्वजनिक गर्‍यो इन्स्टाग्राम रील्स, टिकटकलाई चुनौती

फेसबुकले इन्स्टाग्राम रिल्स सार्वजनिक गर्ने कुरा तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । अन्ततः फेसबुकले औपचारिक रुपमा नै रील्सलाई विश्वव्यापी तहमा सार्वजनिक गरेको छ । जसले टिकटकको बजारसँग प्रतिस्पर्धा गर्नेछ ।

रील्सले प्रयोगकर्तालाई १५ सेकेण्डको भिडियो बनाउन दिन्छ र त्यसमा विविध किसिमका अडियो तथा भिडियो इफेक्ट समेत राख्न सकिन्छ । अब प्रयोगकर्ताले इन्स्टाग्रामको क्यामेराबाट रील्समा पहुँच बनाउन सक्नेछन् ।

यो विकल्प तल पुछारमा समेत देख्न सकिनेछ । यसका साथै तपाईं एक्सप्लोर ट्याबमार्फत अन्य क्रियटरको रील्स ब्राउजरमा पुग्न सक्नुहुनेछ । आइतबार फेसबुकले आफ्नो स्टेटमेन्टमा रील्स एकदमै सहज एडिटिङ टुल्स सहित आएको बताएको छ । जसमा ट्युन्सको क्याटालग र एआर इफेक्ट समेत रहेको छ ।

कम्पनीले रील्स सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जनाएको छ । यदि तपाईंसँग प्राइभेट अकाउण्ट छ भने एक्सप्लोर ट्याबमा रील्स भिडियोको फिचर देख्नहुनेछैन । यसका अतिरीक्त प्रयोगकर्ताले आफ्नो रील्स सोझै आफ्नो स्टोरीबाट समेत शेयर गर्न सक्नेछन् ।

यद्यपी फेसबुक अझैं रील्सको रोलआउटकै क्रममा रहेको छ । यदि तपाईंले रील्समा पहुँच पाउन सक्नुभएको छैन भने केही समय फोनमै झुण्डिराख्नुहोस् । एप अपडेट गर्नुहोस् । तर अवश्य पाउनुहुनेछ । यसमा धेरै समय लाग्ने छैन ।

फेसबुकले गत वर्ष पहिलो पटक ब्राजिलमा यसलाई सार्वजनिक गरेको छ । त्यसै समयदेखि कम्पनीले जर्मनी र फ्रान्समा समेत परीक्षणलाई जारी राखेको थियो । हालसालै टिकटक प्रतिबन्धमा परेपछि फेसबुकले भारतमा यो फिचर सुरु गरेको थियो ।

फेसबुकको रील्सको ग्लोबल लञ्च यस्तो बेला भएको छ, जतिखेर टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्स र अमेरिकी प्रशासनबीच ठूलो द्वद्व चलिरहेको छ ।

एकहप्ता अघि मात्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकलाई चेतावनी दिँदै एपमाथि आफ्नो देशमा प्रतिबन्ध लगाउने एउटा प्रशासनिक निर्देशनमाथि हस्ताक्षर गरेका थिए । यदि टिकटकलाई प्रतिबन्ध लागेको खण्डमा त्यसको सोझो लाभ बटुल्न फेसबुक तयार भएर बसेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३