close

जुनसुकै मौसममा जहाँ पनि स्वादिलो दही बनाउन मिल्ने सामसङको रेफ्रिजेरेटर नेपालमा

टेकपाना टेकपाना

साउन २६, २०७७ ९:१०

जुनसुकै मौसममा जहाँ पनि स्वादिलो दही बनाउन मिल्ने सामसङको रेफ्रिजेरेटर नेपालमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवंम् विश्वासनीय कञ्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मइस्ट्रो रेफ्रिजेरेटर उपलब्ध गराउन थालेको छ । यो विश्वकै पहिलो हो रेफ्रिजेरेटर हो, जसले खानेकुरालाई सुरक्षित राख्नुका साथै खानेकुरा तयार समेत गर्दछ ।

यसबाट घरमै दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही बनाउन सकिन्छ । विभिन्न परिकारहरुसँगै नेपालको सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारको रुपमा रहेको छ ।

जसका कारण दहीको खपत अधिक हुने गर्दछ । कर्ड मइस्ट्रो सामसङको एक नयाँ प्रविधि हो, जसले नेपाली समाजमा विशेष महत्व रहेको दही सहजै तयार गर्न सक्दछ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिज ल्याइएको सामसङ नेपालले जनाएको छ ।

फिचर

  • कर्ड मइस्ट्रोले पाँच देखि ६ घण्टामै सहजै दही तयार गर्न सक्ने कम्पनीको दाबी छ । यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ ।
  • कर्ड मइस्ट्रोले जुनसुकै मौसममा एकनाशको दही बनाउन सक्दछ ।
  • स्मार्ट कन्भर्टेवल फाइभ ईन वान टुइन कुलिङ रेफ्रिजेरेटरमा नर्मल, एक्ट्र सपिङ, भ्याकेशन, सिजनल तथा होम अलोन गरी पाँच मोड रहेका छन् ।
  • यी कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ ।
  • कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कूलिङ प्लस स्वतन्त्र कुलिङ सिस्टम हो । जसका लागि फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो रहेको छ । जसले गर्दा फ्रिज र फ्रिजरबीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्नहुन सक्ने बास्ना समेत रहँदैन ।

दही कसरी बनाउने ?

  • कर्ड मइस्ट्रोबाट कन्टेनरलाई झिक्नुहोस् ।
  • त्यसमा मनतातो दुध राख्नुहोस् ।
  • केही कल्चर राम्ररी घोलेर कन्टेनरलाई पुनः कर्ड मइस्ट्रोमा राख्नुहोस् ।
  • यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् ।
  • कर्ड मइस्ट्रो रेफ्रिजेरेटरले फर्मेन्टेसन प्रक्रियाबाट दही बनाउन आवश्यक तापक्रम तथा वातावरण सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ ।

कति छ मूल्य, किन्न कहा पाइन्छ ?

कर्ड मइस्ट्रो रेफ्रिजेरेटर नेपालभरका सामसङ बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत उपलब्ध हुनेछ ।

यो कर्ड मइस्ट्रो रेफ्रिजेरेटर २५३ लिटर र ३१५ लिटरमा नेपाली बजारमा आएको छ । यसका मोडेलहरुको मूल्य ६३ हजार ९९० रुपैयाँदेखि ७८ हजार ९९० रुपैयाँसम्ममा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३