close

एप स्टोरमा रिलिज भयो फेसबुकको विवादित गेमिङ एप

टेकपाना टेकपाना

साउन २६, २०७७ १०:५३

एप स्टोरमा रिलिज भयो फेसबुकको विवादित गेमिङ एप

काठमाडौं । फेसबुकले आफ्नो विशेष गेमिङ एप फेसबुक गेमिङ एप मिनी गेम सेक्सन हटाएर एप्पलको एप स्टोरमा रिलिज गरेको छ । यो मिनी गेम सेक्सनकै कारण एप्पलले फेसबुकको यो एपलाई कयौं पटक एप स्टोरबाट खारेज गरेको थियो । 

यहाँनिर स्मरणीय कुरा के छ भने फेसबुक गेमिङ एप एक लाइभ स्ट्रिम गेमिङ एप हो, जसमा प्रयोगकर्तालाई लाइभ देख्न सकिन्छ । फेसबुक गेमिङ एपको प्रतिस्पर्धा ट्वीचजस्ता प्लेटफर्मसँग हुनेछ । फेसबुकले आफ्नो यो गेमिङ एपलाई गत अप्रिलमा सार्वजनिक गरेको थियो । 

सुरुमा एण्ड्रोइड प्रयोगकर्ताका लागि ल्याइएको यो एप त्यसको चार महिनापछि  आईओएस डिभाइसका लागि उपलब्ध गराइएको हो । फेसबुकको यो गेमिङ एपलाई फिचर गेमिङ एपको रुपमा हेरिएको छ, जुन एण्ड्रोइड एपमा उपलब्ध त भएको छ, तर आईओएस प्रयोगकर्ताका लागि भने यो फिचर दिइएको छैन ।

त्यसो त मिनी गेम्स सेक्सनकै कारण एप्पलको एप स्टोरमा फेसबुकको यो एपले स्वीकृति पाउन सकेको थिएन । त्यसपछि कम्पनी यो सेक्सनलाई नै हटाउन बाध्य भएको हो । 

फेसबुकका प्रमुख अपरेसन अधिकृत शेरिल सेडबर्गले द भर्जसँग भनेका छन्, ‘दुर्भाग्यपूर्ण किसिमबाट हामीले एप्पलको स्वीकृति प्राप्त गर्नका लागि स्टेण्ड अलोन फेसबुक गेमिङ एपको गेम प्ले फिचर पूर्ण रुपमा हटाउनु पर्‍यो ।’ 

यसको मतलव यो हो कि आईओएस प्रयोगकर्ताले एण्ड्रोइड प्रयोगकर्ताको तुलनामा कम मात्राको गेमिङ अनुभव गर्न पाउनेछन्। ‘स्पेसल गेमिङ एपका लागि सहमति नदिए ता पनि हामी ती ३८ करोडभन्दा बढी प्रयोगकर्ताका लागि केन्द्रीत छौं, जो हरेक महिना फेसबुकमा गेम खेल्दछन् ।’

यो प्रकरणमा एप्पलले भने फेसबुक गेमिङ एप एपले एप स्टोरको गाइडलाइन पालना नगरेको बताउँदै आएको छ । फेसबुकले आफ्नो यो एपलाई गेमिङ एप भएको दाबी गरेको छ । तर यसको ९५ प्रतिशत प्रयोग गेमिङ स्ट्रिमिङको लागि हुने गर्दछ । 

फेसबुक गेमिङ एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३