close

मेट फोर्टी नै ह्वावेको अन्तिम स्मार्टफोन हुने त होइन ?

टेकपाना टेकपाना

साउन २६, २०७७ १५:२१

मेट फोर्टी नै ह्वावेको अन्तिम स्मार्टफोन हुने त होइन ?

काठमाडौं । चिपसेटमा अमेरिकाले लगाएको प्रतिबन्धका कारण विश्वको सबैभन्दा ठूलो मोबाइल उत्पादन कम्पनी ह्वावे संकटमा परेको छ । कम्पनीले शनिबारमात्र प्रेस नोट जारी गर्दै चिपसेट अभावको बारेमा जानकारी दिएको हो ।

‘अमेरिकाको आर्थिक दबावका कारण हामी आगामी महिनाभित्रै हाम्रो आफ्नै किरिन चिपसेट उत्पादन गर्नसक्ने अवस्थामा छैनौं,’ कम्पनीका कन्जुमर बिजनेश युनिटका प्रमुख कार्यकारी अधिकृत रिचार्ड यूले भनेका छन्, ‘अमेरिकाले दोस्रोपटक ह्वावेलाई अन्य कम्पनीले चिपसेट बिक्री गर्न नपाउने भनेर गत मे १४ बाटै प्रतिबन्ध लागाएको छ ।’

यसको अर्थ अर्को महिनाका लागि कम्पनीसँग चिपसेट उपलब्ध छैन । यस्तोमा कम्पनीले आफ्नै चिपसेट प्रयोगमा ल्याउनु पर्नेछ । तर, त्यसका लागि अमेरिकाकै आर्थिक दबावका कारण अबको एक महिनाभित्र कम्पनी आफ्नै चिपसेट उत्पादन गर्न सक्ने अवस्थामा पनि नभएको प्रेस नोटमा उल्लेख छ ।

त्यसैले आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने ह्वावे मेट फोर्टी किरिन चिपसेट प्रयोग हुने अन्तिम फोन हुनसक्ने उल्लेख गरिएको छ । कम्पनीले आफ्नै चिपसेट उत्पादन गर्न सकेको अण्डमा भने परिदृश्य फेरिन सक्छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३