close

रेड्मी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर अनि मूल्य

टेकपाना टेकपाना

साउन २६, २०७७ १३:६

रेड्मी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर अनि मूल्य

काठमाडौं । शाओमीले केही समयअघि नेपालमा रेड्मी नोट नाइन र नोट नाइन प्रो सार्वजनिक गरेको थियो । यी दुवै फोनले पाएको सफलतालाई मध्यनजर गर्दै कम्पनीले सोही सिरिजमा रेड्मी नोट नाइन प्रो म्याक्स सोमबार मात्रै नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएको यो फोनले सबैका लागि असाधारण स्मार्टफोन अनुभवमा प्रदान गर्ने दाबी कम्पनीकाे छ । अत्याधुनिक डिजाइन र नवीन प्रविधिको यो फोनलाई बहुप्रतिक्षित फोनको रुपमा हेरिएको थियो ।

५०२० एमएएच क्षमताको ब्याट्री, ६४ मेगापिक्सेल(एमपी) क्यामेरा र क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर रहेको रेड्मी नोट नाइन प्रो म्याक्स रेड्मी नोट लाइनअपकै उत्कृष्ट फोन हो । फोनमा चारओटा क्यामेरा सेटअप रहेको छ ।

६४ मेगापिक्सेलकाे मुख्य क्यामेरासहित फोनमा आठ मेगापिक्सेल अल्ट्रा वाइड-एंगल लेन्स, ५ एमपीको म्याक्रो लेन्स र दुई मेगापिक्सेलकाे डेप्थ सेन्सर रहेको छ ।

Redmi Note 9 Pro design

चार वटा क्यामेरा सेटअप रहेको यो फोन फोटोग्राफी र भिडियोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । सेल्फीका लागि ३२ मेगापिक्सेल इन डिस्प्ले क्यामेरा रहेको छ । फोनमा नाइट मोड, प्रो मोड, अल्ट्रा वाइड, सेल्फी नाइट मोडजस्ता क्यामेरा मोड रहेका छन् ।

६.६७ इन्चको डिस्प्ले रहेको रेड्मी नोट नाइन प्रो म्याक्सको डिस्प्लेमा कर्निंङ गोरिल्ला ग्लास फाइभले सुरक्षा प्रदान गरिएको छ । यसमा ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता विभिन्न विशेषताहरु समावेश गरिएको छ ।

लामो समयसम्म हेर्दा समेत आखाँलाई आराम दिनका लागि टीयूभी रेहन ल्याण्ड कम ब्लू लाइट सटिफिकेशन राखिएको कम्पनीले जनाएको छ ।

३३ वाटको फास्ट चार्जरसमेत उपलब्ध हुने फोन नेपालमा ६ प्लस १२८ जीबी र ८ प्लस १२८ जीबी अप्सनमा उपलब्ध छ । जसको बजार मूल्य क्रमशः ३१ हजार नाै सय ९९ र ३४ हजार नाै सय ९९ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यो फोन बुधबारदेखि शाओमीका १८ सयभन्दा बढी स्टोर र अनलाइन स्टोरमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३