close

साओमीका १० हजार र २० हजार एमएएच क्षमताका पावर बैंक नेपालमा, यस्तो छ मूल्य

टेकपाना टेकपाना

साउन २६, २०७७ १७:३७

साओमीका १० हजार र २० हजार एमएएच क्षमताका पावर बैंक नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । साओमीले नेपाली बजारमा नयाँ स्मार्टफाेन रेड्मी नोट नाइन प्रो म्याक्सका साथै पावर बैंक समेत सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक १० हजार एमएएच र २० हजार एमएएच क्षमताको मी पावर बैंक टू आई सार्वजनिक गरेको हो ।

एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइनका साथ आएको १० हजार एमएएच क्षमताको मी पावर बैंक टू आई हलुका छ । ४.२ एमएम मोटाइ रहेको यो पावर बैंकमार्फत तपाईं आफ्नो स्मार्टफोनलाई थुप्रै पटकसम्म चार्ज गर्न सक्नुहुनेछ । यसको बजार मूल्य १८ सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले पोलिकार्बोनेट केसका साथ एक्स्ट्रा ग्रिप भएको २० हजार एमएएच क्षमताको मी पावर बैंक टू आई पनि बजारमा ल्याएको छ । यसको बजार मूल्य ३ हजार १९९ रुपैयाँ राखिएको छ ।

यी दुवै पावर बैंकमा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस राखिएको छ । जसले गर्दा एकसाथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ ।

यसका साथै मी पावर बैंक टू आईमा नवौं तहको विश्वस्तरीय सर्किट चिप प्रोटेक्सन समावेश गरिएकाे छ । साथै यसमा टेक्सास इन्स्टुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ डिस्चार्जिङ चिप छ ।

सुरक्षालाई ध्यान दिँदै यसमा चार्जिङ कन्भर्जन रेटलाई समेत सुधार गरिएको छ । जसले डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउने कम्पनीले जनाएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३