काठमाडौं । क्याब सेवा उपलब्ध गराउँदै आइरहेको स्टार्टअप कम्पनी फ्याब क्याबले अब चाँडै नै पोखरामा आफ्नो सेवा विस्तार गर्ने भएको छ । सन् २०१८ मा सेवा सुरु गरेको फ्याबले बीचमा केही समय आफ्नो सेवा बन्द गरेको थियो ।
तर गत जनवरीको सुरुवातमा फ्याबले पुनः क्याब र बाइक राइड शेयरिङ सेवा सुरु गरेको थियो । हाल फ्याबले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा दिइरहेको छ । कम्पनीले अब यो सेवा उपत्यका बाहिर पोखरामा समेत विस्तार गर्ने भएको हो ।
फ्याबमा सेवाग्राहीहरुले अफलाइन तथा अन स्पोट बूकिङ गर्नसक्छन् । प्रयोगकर्तामैत्री युजर इन्टरफेस भएको फ्याबको एप धेरैवटा भाषामा प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले एप लिभ नगरी चालकसँग कुराकानी समेत गर्नसक्छ ।
तर कोरोना महामारीका कारण सट डाउन लागु भएको हालको अवस्थामा कम्पनीले सोसल मिडिया लगईनलाई भने डिसेबल गरेको छ ।
कसरी प्रयोग गर्ने ?
फ्याबमा राइड बूकिङ गर्न एकदमै सजिलो छ । राइडर र यात्रुहरुका लागि छुट्टा छुट्टै एप बनाइएको छ । सेवाग्राहीहरुले फ्याब राइड्स एप प्रयोग गर्नु पर्छ भने राइडहरुहरुले फ्याब पार्टनर एप प्रयोग गर्नुपर्छ । यी एप प्लेस्टोर र एप स्टोर दुवैमा उपलब्ध छन् ।
प्रयोगकर्ताले एपलाई डाउनलोड गरेर साइनअप गरिसकेपछि त्यसमा दुईवटा आपतकालिन नम्बर पनि समावेश गर्नुपर्छ । फ्याब प्रयोगको दौरान तपाईंलाई कुनै आपत आइलाग्यो भने एपमा भएको ईमरजेन्सी बटन थिचेपछि तपाईंको यात्राको विवरण ती दुई नम्बरमा जान्छ र तपाईंले सोही समय ती नम्बरमा कल समेत गर्न सक्नुहुन्छ ।
एपले तपाईंको पिकअप लोकेसनलाई स्वतः डिटेक्ट गर्छ र ड्रप लोकेसन भने प्रयोगकर्ता आफैंले राख्नु पर्छ । साथै कार र बाइकमा एउटा माध्यम पनि छनौट गर्नुपर्छ ।
पछिको लागि सेवा चाहिएको हो भने राइड लेटर र तत्कालको लागि हो भने राइड नाउमा क्लिक गर्नुपर्दछ । त्यसपश्चात एपमा भुक्तानी गर्नुपर्ने रकम देख्न सकिन्छ । हाल ईसेवा, ईटीए र एप्पल कुपन कोड जस्ता विधि छनौट गरी कन्फर्म क्लिक गर्न सकिन्छ ।
फ्याब क्याबको एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।