close

एफवान सफ्टलाई साउथ इस्ट एसिया बिजनेश अवार्ड

टेकपाना टेकपाना

साउन २७, २०७७ १४:११

एफवान सफ्टलाई साउथ इस्ट एसिया बिजनेश अवार्ड

काठमाडौं । नेपालको सफ्टवेयर कम्पनी एफवान सफ्टले साउथ इस्ट एसिया बिजनेश अवार्ड २०२० प्राप्त गरेको छ ।

यो विधाकाे अवार्ड हरेक वर्ष बेलायतको अग्रणी बिजनेश म्यागेजिन एपाक इन्साइडरले दक्षिण-पूर्वी एसियामा आफ्नो व्यवसायमार्फत् राम्रो प्रभाव पार्ने कम्पनीलाई दिइन्छ । नेपालबाट यो अवार्ड प्राप्त गर्ने एफवान सफ्ट पहिलो कम्पनी बनेको छ ।

अवार्ड हासिल गरेपछि एफवान सफ्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी दक्षिण एसियाका प्रतिष्ठित कम्पनीहरुको माझमा अन्तराष्ट्रिय रुपमा चिनिन पाउँदा गर्व गर्दछौं । विशेष गरी कोरोनाभाइरस महामारीको बेला विश्वलाई अझ इन्नोभेटिभ कम्पनीहरूको आवश्यकता छ ।’

अवार्ड संयोजक क्याथरिन बेन्टनले एपाक इन्साइडरको तर्फबाट समेत एफवान सफ्टलाई बधाइ दिएकी छन् ।

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले मोबाइल पेमेन्ट र मोबाइल बैंकिङ सोलुसन्सको क्षेत्रमा काम गर्दै आएको छ ।

एक करोडभन्दा बढी प्रयोगकर्ताले यस कम्पनीअन्तर्गतका ईसेवा र फोन पे प्रयोग गरिरहेका छन् । कम्पनीले हाल ७ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३