close

साओमीले सार्वजनिक गर्‍यो विश्वकै पहिलो पारदर्शी टेलिभिजन

टेकपाना टेकपाना

साउन २८, २०७७ २०:३५

साओमीले सार्वजनिक गर्‍यो विश्वकै पहिलो पारदर्शी टेलिभिजन

काठमाडौं । साओमीले आफ्नो दशौं वार्षिकोत्सको अवसरमा चीनमा एक साथ कयौं प्रडक्ट सार्वजनिक गर्‍यो । जसमा ५५ इञ्चको ट्रान्सपरेन्स टीभी समेत रहेको छ । 

यो टीभीसँगै कम्पनीले एमआई टेन अल्ट्रा र रेड्मी के थर्टी अल्ट्रा समेत ल्याएको छ । आफ्नो यो ट्रान्सपरेन्ट टीभीसँगै साओमी विश्वकै पहिलो कम्पनी बनेको छ, जसले व्यावसायिक रुपमा ट्रान्सपरेन्ट टीभीको उत्पादन सुरु गर्न थालेको छ । 

यो टीभीको सबैभन्दा खास विशेषता ट्रान्सपरेन्ट अर्थात पारदर्शी डिस्ले नै हो । यसको अर्थ यो टीभीबाट वारपार देख्न सक्नुहुन्छ । त्यसो त यस अघि पानासोनिक र एलजी जस्ता कम्पनीले समेत ट्रान्सपरेन्ट टीभीको प्रोटोटाइप सार्वजनिक गरेका थिए । 

साओमीको यो ट्रान्सपरेन्ट टीभीलाई एमआई टीभी लक्स ओएलईडी  नाम दिइएको छ । यो टीभीको मूल्य ४९,९९९ युआन (करिब आठ लाख ५९ हजार रुपैयाँ) राखिएको छ । 

यसमा ५५ इञ्चक डिस्प्ले रहेको छ । टीभीमा ओएलईडी प्यानल राखिएको छ । जसको कन्ट्रास्ट रेसियो १५००००ः१ रहेको छ । यस्तै डिस्प्लेको रिफ्रेश रेट १२० हर्ज छ । 

टीभीमा एआई मास्टर इन्जिन रहेको छ । साथै यसमा मिडियाटेकको ९६५० प्रोसेसर र डल्बी एटमस अडियो सपोर्ट समेत दिइएको छ । 

हाललाई साओमीको यो टीभीको बिक्री चीनमा सुरु भए पनि अन्य मुलुकहरुमा सार्वजनिक हुने विषयमा कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०