close

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य स्थगित

टेकपाना टेकपाना

साउन २९, २०७७ ९:६

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य स्थगित

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगित भएको छ ।

कोभिड १९ को संक्रमण तीव्र गतिमा बढिरहेका कारण अर्को सूचना नआएसम्म विवरण संकलनको काम स्थगित भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा जारी सूचनामा उल्लेख छ ।

विवरण संकलनमा नागरिकहरुको डिजिटल दस्तखत, डिजिटल औँठा छाप र डिजिटल आइरिस लिने कार्य भइरहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०