close

फर्च्यून ग्लोबल ५०० : मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको छलाङ

टेकपाना टेकपाना

साउन २९, २०७७ १४:६

फर्च्यून ग्लोबल ५०० : मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको छलाङ

काठमाडाैं । भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले नयाँ किर्तिमान बनाएको छ । उनकाे कम्पनी फर्च्यून ग्लोबल ५०० सूचीको शीर्ष १०० भित्र पर्न सफल भएको छ ।

योसँगै शीर्ष १०० मा पर्ने एकमात्र भारतीय रिलायन्स कम्पनीमा रिलायन्स परेकाे छ । रिलायन्स याे सूचीकाे ९६औं स्थानमा रहेको छ । यसअघि सन् २०१२ मा कम्पनीले पहिलोपटक शीर्ष १०० मा परेको थियो

त्यसबेला ९९औं नम्बरमा रहेको याे कम्पनी त्यसपछिका वर्षहरुमा निरन्तर तल झर्दै गएको थियाे ।कम्पनी सन् २०१६ मा दुई सय १५औं स्थानमा पुगेको थियो ।

त्यसपछिका वर्षहरुमा विस्तारै उकालो चढ्दै आएको कम्पनीले सन् २०२० मा आइपुग्दा ९६औं स्थान हासिल गर्याे ।

यसको कारण रिलायन्स उद्योगअन्तर्गत रहेको रिलायन्स जियोमा पछिल्लो समय भित्रिएको लगानीलाई प्रमुख आधार मानिएको छ ।

फर्च्यून म्यागेजिनले जारी गरेको सूचीका अनुसार तेल, पेट्रोल, रसायन, रिटेल तथा टेलिकम क्षेत्रमा काम गर्ने रिलायन्स फर्च्यून २०२० कम्पनीको सूचीमा ९६औं स्थानमा रहेको छ ।

यस्तै रिलायन्स कम्पनी फ्युचर ब्राण्ड इन्डेक्स २०२० मा दोस्रो ठूलो ब्राण्डका रूपमा समेत स्थापित भएको छ । विश्वका चर्चित ब्राण्डहरुलाई पछि पार्दै कम्पनीले यो सफलता हात पारेको हो । उक्त सुचीको पहिलो नम्बरमा एप्पल रहेको छ ।

त्यसपछि क्रमस: सामसङ, निभिदिया, मोउताई, नाइकी, माइक्रोसफ्ट, एएसएमएल, पेपाल र नेटफ्लिक्स रहेका छन् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०