close

मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट र रिलायन्स फाइनान्सबीच सम्झौता

टेकपाना टेकपाना

साउन २९, २०७७ १६:१४

मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, वरिष्ठ व्यवस्थापक केशवप्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माको उपस्थितिमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘ रिलायन्स फाइनान्ससँग हामी पहिलोपटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ ।’

एफवान सफ्ट मोबाइल बैंकिङ र मोबाइल वित्तीय सेवामा अग्रणी कम्पनी हो । यसले नेपालका ९५ प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिँदै आएकाे छ ।

एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ । मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०